रेडमीको १४ इन्चको नयाँ ल्यापटप ‘रेडमीबुक १४’, इन्टेल कोर आईथ्री चीपसेटका साथमा सार्वजनिक

Technology Khabar ९ श्रावण २०७६, बिहीबार

रेडमीको १४ इन्चको नयाँ ल्यापटप ‘रेडमीबुक १४’, इन्टेल कोर आईथ्री चीपसेटका साथमा सार्वजनिक
Global IME Bank

काठमाडौं ।

काठमाडौं । शाओमीले बजारमा आफ्नो नोटबुक बिक्री गरिरहेको छ भने घरेलु बजार हिस्सा पनि बढाउँदै लगेको छ । कम्पनीले आफूलाई एप्पलको म्याकबुकको प्रतिस्पर्धीको रुपमा बजारमा प्रस्तुत गर्ने गरेको छ भने म्याकबुक भन्दा सस्तो पनि रहेको छ ।

शाओमीले यसबाहेक रेडमी ब्राण्डमा पनि ल्यापटपहरु ल्याएको छ । कम्पनीले हालै रेडमीबुक १४ ल्यापटप सार्वजनिक गरेको छ । यो ल्यापटपमा आठौं पुस्ताको इन्टेल कोर आइथ्री ८१४५ यू चीप राखिएको छ भने ४जीबी र्याम तथा २५६ जीबी एसएसडी स्टोरेज रहेको छ ।

रेडमीबुक १४मा १४ इन्चको स्क्रीन राखिएको छ, जसमा ८१.२ प्रतिशतको स्क्रीन रेसियो रहेको छ । ल्यापटपमा फूलसाइजको मेटलबाट बनेको कीबोर्ड छ भने यसको मोटाई १७.९५ एमएम रहेको छ ।

कम्पनीकाअनुसार यो ल्यापटपले १० घण्टासम्मको ब्याट्री पावर दिनसक्छ भने केबल ३४ मिनेटमा नै ५० प्रतिशत चार्ज गर्न सकिन्छ ।

त्यसैगरि रेडमीबुक १४ मा एचडीएमआई पोर्ट र दुईवटा यूएसबी ३.० पोर्टहरु छन् । यसबाहेक हेडसेटको लागि हेडसेट ज्याक तथा यूएसबी २.० पोर्ट पनि उपलब्ध छ ।

कम्पनीले यो रेडमीबुक १४ ल्यापटपको मूल्य चीनमा ३,१९९ यूआन तोकेको छ ।

Sajilo Visa

प्रकाशित: ९ श्रावण २०७६, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार