भर्जिन हाइपरलुप वान कम्पनीले साउदी अरेबियामा हाइपरलुप ट्रयाक बनाउने

Technology Khabar ९ श्रावण २०७६, बिहीबार

भर्जिन हाइपरलुप वान कम्पनीले साउदी अरेबियामा हाइपरलुप ट्रयाक बनाउने
NTC_Advt

काठमाडौं ।

काठमाडौं । भर्जिन हाइपरलुप वान कम्पनीले साउदी अरेबियामा हाइपरलुप ट्र्याक बनाउने भएको छ ।

कम्पनीले हालै साउदी अरेबियाको सरकारसँग भविश्योन्मुखी ट्रान्सपोर्ट कन्सेप्टको लागि पहिलो परीक्षण ट्रयाक बनाउन लागेको हो ।

हाइपरलुप कन्सेप्टमा दबाबयुक्त पोडलाई भेहिकल क्यारिंग पेसेन्जर्स वा कार्गोका साथमा वर्तमान रेलवे भन्दा १० गुणा छिटो संचालन गर्न सकिन्छ ।

यो डिलअन्तरगत पहिलो चरणमा जेद्धाहमा ३५ किलोमिटर ट्रयाक बनाईने छ भने साथमा रिसर्च एण्ड डेभलपमेन्ट फ्यासिलिटी र म्यानुफ्याक्चरिंग प्लान समेत बनाउने छ ।

तर हाइपरलुप यात्रा अझै पनि वास्तविक हुनसक्छ भन्ने केहि आशंका रहेको छ ।

भर्जिन हाइपरलुप वानले सो टेक्नोलोजीले रियाददेखि जेद्धाहसम्मको यात्रालाई अहिलेको १० घण्टाको तुलनामा ७६ मिनेटमा घटाउने बताएको छ ।

कम्पनीले पोड १०० किलोमिटर प्रतिघण्टाभन्दा बढिको गतिमा ५०० मिटर भ्याकुम ट्यूबमा कुद्नसक्ने सन् २०१७ मा नेभादामा परीक्षण गरेर देखाएको थियो । बीबीसीबाट

प्रकाशित: ९ श्रावण २०७६, बिहीबार