दूरसंचार प्राधिकरणले भन्यो- विदेशी अपरिचित नम्बरबाट आएको फोन कल नउठाउनु

Technology Khabar ९ श्रावण २०७६, बिहीबार

दूरसंचार प्राधिकरणले भन्यो- विदेशी अपरिचित नम्बरबाट आएको फोन कल नउठाउनु

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले विदेशी अपरिचित नम्बरबाट आएको फोन कल नउठाउन अनुरोध गरेको छ ।

पछिल्ला दिनहरुमा विदेशका अपरिचित नम्बरहरुबाट नेपालको मोबाइल टेलिफोन नम्बरहरुमा लगातार मिस्ड कल आउने गरेको भन्दै त्यस्तो फोनकलबाट सर्तक हुन अनुरोध गरेको हो ।

प्राधिकरणले वान रिंग स्क्याम भनिने यस्तो मिस्ठ कल विगतमा पनि देखिने गरेकोमा प्राधिकरणले ग्राहकहरुको जानकारीको लागि सूचना प्रकाशन गर्ने गरेको र दूरसंचार सेवा प्रदायकहरुलाई यसको रोकथामको लागि आवश्यक व्यवस्था गर्न निर्देशन समेत दिएको जनाएको छ ।

अपरिचित विदेशका नम्बरहरुबाट नेपालका नम्बरहरुमा मिस्ड कल आउने यस्ता समस्या पुनरावृत्ति भएको सन्दर्भमा त्यस्ता अपरिचित नम्बरहरुबाट आउने कलहरु नउठाउन तथा कलब्याक नगर्न र त्यस्ता नम्बरहरुबाट फोन कल आएको अण्डमा जानकारी गराउन समेत प्राधिकरणले सबैसँग अनुरोध गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

Global Bank
easy care

प्रकाशित: ९ श्रावण २०७६, बिहीबार