प्रयोगकर्ताहरुको डाटा बेचेको घट्नामा फेसबुकलाई ५ अर्ब डलर जरिवाना, कम्पनी तिर्न सहमत

Technology Khabar ९ श्रावण २०७६, बिहीबार

प्रयोगकर्ताहरुको डाटा बेचेको घट्नामा फेसबुकलाई ५ अर्ब डलर जरिवाना, कम्पनी तिर्न सहमत

काठमाडौं ।

काठमाडौं । सोशल मिडिया कम्पनी फेसबुकलाई अमेरिकाको नियमनकारी निकायले ५ अर्ब डलरको जरीवाना गरेको छ । क्याम्ब्रिज एनाललाइटिका डाटा स्क्याण्डलको कारण फेसबुकलाई अमेरिकाको फेडरल ट्रेड कमिशन(एफटिसी)ले ५ अर्ब अमेरिकी डलर जरीवाना गर्ने निर्णय गरेको हो ।

फेसबुकलाई प्रयोगकर्ताहरुको प्राइभेसी दूरुपयोग र क्याम्ब्रिज एनालाइटिका स्क्याण्डलको दोषी मान्दै सो घट्ना समाधान गर्न ५ अर्ब तिर्न भनेको हो ।

प्राइभेसीको विषय गर्त वर्ष मात्र खुलारुपमा सार्वजनिक भएको थियो तर सो दूरुपयोग भने सन् २०१२ देखि नै भएको मानिएको छ । त्यसैगरि फेसबुकले सन् २०१२ देखि नै कानूनको उलंघन गर्दै आएको आरोप पनि लागेको छ । सो आरोपमा फेसबुकले यूजर्सलाई झुटो बोलेको, प्राइभेसीमा सम्झौता गरेको र सेक्योरिटीका लागि यूजरद्धारा दिईएको फोन नम्बरको माध्यमबाट विज्ञापन दिने विषयहरु समावेश छन् ।

सो यूजरको डाटा दूरुपयोग गरेको घट्नामा ८ करोड ७० लाख भन्दा बढि प्रयोगकर्ताहरुको डाटा बेलायती कम्पनी क्याम्ब्रिज एनालाइटिकालाई बिक्री गरेको थियो । जून परामर्शदाता कम्पनीले सन् २०१६ मा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपको लागि समेत काम गरेको थियो ।

फेसबुकलाई जरीवाना लगाउने विषयमा एफटिसीमा भोटिंग भएको थियो जसमा ३ भोटका विरुद्ध २ भोट हुँदै पक्ष विपक्षमा बाँढिएको थियो । रिपब्लिकनहरुले सो जरिवाना उचित भएको बताएका थिए भने डेमोक्र्याट कमिसनरहरुले भने यो जरीवाना अझै पर्याप्त नभएको बताएका थिए ।

फेसबुकले पनि सो जरीवाना रकम तिर्ने बताएको छ भने एफटिसीको डिलले मानिसहरुको गोपनियताको संरक्षण गर्न नयाँ समुचित फेमवर्क बनाएको बताएको छ । यसबाहेक फेसबुकले थप १०० मिलियन अमेरिकी डलर पनि तिर्न सहमत भएको छ जसमा कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई यूजरहरुको डाटा दूरुपयोगको संवेदनशिलताको बारेमा गतल व्याख्या गरेको आरोप लागेको थियो । सो १०० मिलियन डलर भने कम्पनीले सेक्यूरिटीज एण्ड एक्सचेन्ज कमिसनलाई तिर्नेछ ।

जरीवाना बाहेक फेसबुकले नयाँ प्राइभेसी संरचना बनाउनुपर्नेछ भने फेसबुकलाई मनिटर गर्न एफटिसीले नयाँ टूल्स बनाउने छ ।
फेसबुकलाई लगाईने जरीवाना अहिलेसम्मकै सबैभन्दा धेरै रकमको जरीवाना भएको बताईएको छ र यस बारेमा अदालतले अन्तिम फैसला गर्नेछ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: ९ श्रावण २०७६, बिहीबार

ताजा समाचार