दूरसंचार प्राधिकरणको कार्यकारी अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाल नियुक्त, ५ वर्षको कार्यकाल

Technology Khabar ९ श्रावण २०७६, बिहीबार

दूरसंचार प्राधिकरणको कार्यकारी अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाल नियुक्त, ५ वर्षको कार्यकाल
फाइल तस्विर
Classic Tech

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको कार्यकारी अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाल नियुक्त भएका छन् । मन्त्रीपरिषदको हालै बसेको बैठकले खनाललाई दूरसंचार क्षेत्रको नियामक निकाय दूरसंचार प्राधिकरणको कार्यकारी अध्यक्षमा नियुक्त गरेको र त्यसबारेको पत्र संचार तथा सूचना प्रविधि मन्त्रालयमा आएको मन्त्रालय स्रोतले बतायो ।

अपडेटः संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्रीपरिषदले गरेका निर्णयहरुको बारेमा जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलनमा सो निर्णय बारे जानकारी दिए ।

यसअघि प्राधिकरणमा नै कार्यबाहक अध्यक्षको रुपमा कार्यरत रहेका खनाललाई खुला प्रतिस्पर्धाको आधारमा कार्यकारी अध्यक्षको जिम्मेबारी दिएको हो । सो पदका लागि मन्त्रीपरिषदले संचार तथा सूचना प्रविधि मन्त्रालयले गरेको तीनजनाको सिफारिसमध्येबाट खनाललाई छनौट गरेको हो ।

मन्त्रालयले प्राधिकरणको कार्यकारी अध्यक्षका लागि खनालसहित डा नन्द बिक्रम अधिकारी र दिपक राज जोशीलाई सिफारिस गरेको थियो ।

कार्यकारी अध्यक्षमा नियुक्त भएका खनालले आफुले पत्र भने नपाएको बताए । ‘मैले पनि सुनेको मात्र हो तर के भयो भन्ने थाहा छैन्,’ उनले भने ।

यसअघि मन्त्रीपरिषदको निर्णयअनुसार मन्त्रालयले कार्यकारी अध्यक्ष खुला प्रतिस्पर्धाबाट छनौट गर्न मन्त्रालयका सचिव महेन्द्र मान गुरुङ्गको संयोजकत्वमा ३ सदस्यिय छनौट तथा सिफारिस समिती गठन गरेको थियो ।

कार्यकारी अध्यक्षमा नियुक्त खनाल दूरसंचार प्राधिकरणकै वरिष्ठ निर्देशकबाट निमित्त अध्यक्ष हुँदै कार्यबाहक अध्यक्षको रुपमा कार्यरत थिए ।

कार्यबाहक अध्यक्ष खनालको कार्यकाल आगामी ५ वर्षसम्म तोकिएको छ ।

TK Viber

प्रकाशित: ९ श्रावण २०७६, बिहीबार

Loading...