बैंक तथा वित्तीय संस्थाहरुको वेबसाइट नेपाली भाषामा पनि हुनुपर्ने

Technology Khabar ८ श्रावण २०७६, बुधबार

बैंक तथा वित्तीय संस्थाहरुको वेबसाइट नेपाली भाषामा पनि हुनुपर्ने

काठमाडौं ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई दिने जानकारी नेपाली भाषामा पनि गराउनुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा वित्तीय संस्थाहरुको वेबसाइट नेपाली भाषामा पनि हुनुपर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ ।

‘बैंक तथा वित्तीय संस्थाहरुका वेबसाइटमार्फत सार्वजनिक हुने सामाग्रीहरु नेपाली भाषामा समेत राख्नुपर्ने व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ ।

यसका साथै सम्पत्ति शुद्धिकरण एवंम आतंकबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणका लागि गोएएमएल सिस्टममा विकास बैंक तथा वित्त कम्पनीहरुले समेत कोर-बैंकिङ्ग सफ्टवेयरबाट सोझै गोएएमएल सफ्टवेयरमा बिबरणहरु अपलोड गर्नुपर्ने नीति ल्याएको छ । यसअघि यस्तो नियम बाणिज्य बैंकहरुलाई मात्र लागू थियो ।

Global Bank
easy care

प्रकाशित: ८ श्रावण २०७६, बुधबार