एप्पल आइफोनका लागि आईओएस १२.४ उपलब्ध, आइफोनका पुराना मोडलमा पनि आयो अपडेट

Technology Khabar ८ श्रावण २०७६, बुधबार

एप्पल आइफोनका लागि आईओएस १२.४ उपलब्ध, आइफोनका पुराना मोडलमा पनि आयो अपडेट

काठमाडौं ।

काठमाडौं । एप्पलले पुराना मोडलका आइफोनहरुमा पनि अपडेट दिने भएको छ । पुरानो मोडलका आइफोन प्रयोगकर्ताहरुका लागि यो खुशीको खबर हो । कम्पनीले सन् २०१२ भन्दा पहिलो बनाईएका आइफोनहरुमा पनि नयाँ अपडेट दिने भएको हो ।

यदि तपाईँसँग पनि पुरानो आइफोन छ भने त्यसमा पनि अपडेट आउनेछ । नयाँ अपडेटको माध्यमबाट कम्पनीले केहि समस्याहरुलाई समाधान गर्ने प्रयास गरेको छ ।

यस्तो अपडेट अब आइफोन ४एस, आइफोन ५ वा आइप्याड २ प्रयोगकर्ताहरुलाई पनि उपलब्ध हुने भएको हो ।

टेक कम्पनी एप्पलकाअनुसार समस्याहरुबाट बच्नका लागि पुराना आइफोन तथा आइप्याड मोडलहरुलाई नोभेम्बर ३ तारिखसम्म अपडेट गर्नुपर्ने हुन्छ ।

यसअघि कम्पनीले उल्लेखित मोडलहरुको आइफोनको लागि सफ्टवेयर अपडेट सपोर्ट बन्द गरेको घोषणा गरिसकेको छ ।

कम्पनीले दिने आइओएस १२.४ का साथ आइफोन ४, आइफोन ५ मा सपोर्ट नआउने बताईएको थियो । तर कम्पनीले हालै यी आइफोन र आइप्याडहरुमा जीपीएसको समस्यालाई समाधान गर्नका लागि नयाँ अपडेट दिएको छ । यसको माध्यमबाट यूजर्सलाई जीपीएस सपोर्ट गर्ने उप्स प्रयोगमा समस्या हुने गर्दथ्यो ।

सन् २०१२ भन्दा अगाडि आएका आइफोन तथा आइपयाड मोडलहरुमा सटीक जीपीएस लोकेशन तथा स्पष्ट मिति र समयको लागि आइओएस अपडेटको आवश्यकता पर्नेछ र त्यो अपडेट नोभेम्बर ३ तारिखदेखि अपडेट गर्नुपर्नेछ । यदि यूजर्सले अपडेट नगरेमा ती मोडलहरुमा सहि जीपीएस लोकेशन उपलब्ध हुनेछैन् ।

आईओएस अपडेट गर्नको लागि तपाईँले आफ्नो डिभाइसको सेटिंग्समा गएर सफ्टवेयर अपडेट सेलेक्ट गर्नुपर्नेछ र त्यसबाट आउने नयाँ अपडेटलाई डाउनलोड र इन्स्टल गरेपछि आइफोन वा आइपयाड अपडेट हुनेछ । अपडेटपछि यदि तपाईँको डिभाइसमा आईओएस भर्सन ९.३.६ देखिएमा अपडेट भएको हुनेछ नत्र फेरी अपडेटको प्रयास गर्नुपर्नेछ ।

यदि तपाईँ आइफोन ५ प्रयोगकर्ता हो भने यसमा आईओएस भर्सन १०.३.४ रहेको छ ।

आईओएस १२.४ सफ्टवेयर अपडेट
यसैबिच एप्पलले आइफोनहरु र म्याकबुकको लागि नयाँ आईओएस १२.४ र म्याकओएस मोहावे १०.१४.६ अपडेट रोलआउट गरेको छ । यो नयाँ अपडेटपछि यो सफ्टवेयरमा कुनै अपडेट नआउने बताईएको छ ।

आईओएस १२.४ मा आइफोन यूजर्सलाई आफ्नो डाटा सार्ने सुविधा उपलब्ध हुनेछ । यो फीचरमा आइफोन यूजर्सले आफ्नो पुरानो आइफोनबाट सिधै नयाँ आइफोनमा डाटा ट्रान्सफर गर्न सक्नेछन् । यसबाहेक आइफोन यूजर्सलाई एप्पपल न्यूज प्लसको सपोर्ट उपलब्ध हुनेछ भने आइफोन र आइप्याडको सेक्यूरिटीमा पनि सुधार हुनेछ ।

नयाँ अपडेटको मुख्य फीचर भनेको आइफोन प्रयोगकर्ताले आफ्ना डाटा वायरलेस टेकका साथमा आदानप्रदान गर्न सक्नेछन् । यसबाहेक एप्पल वाचको वाकिटकी फीचरको बग्सलाई पनि कम्पनीले समाधान गरेको छ ।

एप्पल म्याकबुकमा म्याकओएस मोहावेको यो छैटौं अपडेट हो । यसमा एप्पल न्यूज प्लसका लागि धेरै सुधार गरिएको र बग्सलाई समाधान गरिएको छ ।

आइफोनको जस्तै म्याकबुक यूजर्सका लागि एप्पल न्यूजमा माई म्यागाजिन सेक्शनमा भएको डाउनलोड समस्यालाई समाधान गरिएको छ भने हिस्ट्री क्लीयरलगायतका फीचरमा सुधार भएको छ । त्यस्तै रिस्टार्टको समयमा ह्यांग हुने विषयलाई समाधान गरिएको छ भने फाइल सेयरिंगमा पनि सुधार भएको छ । एजेन्सी

easy care

प्रकाशित: ८ श्रावण २०७६, बुधबार