चिनियाँ भुक्तानी सेवा प्रणाली युनियन पेलाई नेपाल राष्ट्र बैंकको अनुमति

Technology Khabar ८ श्रावण २०७६, बुधबार

चिनियाँ भुक्तानी सेवा प्रणाली युनियन पेलाई नेपाल राष्ट्र बैंकको अनुमति

काठमाडौं ।

काठमाडौं । चिनियाँ भुक्तानी सेवा प्रणाली युनियन पेलाई नेपाल राष्ट्र बैंकले सञ्चालनको अनुमति दिएको छ।

चीनको सांघाईमा प्रधान कार्यालय रहेको युनियन पे इन्टरनेसनलले अनुमति पाएसँगै नेपालमा नै विद्युतीय कार्ड तथा नेटवर्क र भुक्तानी प्रणालीका लागि आवश्यक संयन्त्र विकास गर्नसक्नेछ ।

युनियन पेले आफ्नो सेवा विस्तारका लागि नेपालका विभिन्न बैंकहरुसँग सहकार्य गर्ने भएको छ। केही बैंकसँग आन्तरिक सहकार्य समेत भइसकेको छ।

युनियन पेले मुख्य रुपमा नेपालमा विद्युतीय भुक्तानी कार्ड र आफ्नो नेटवर्क विस्तार गर्ने बताईएको छ भने नेपालमा एससिटी नेटवर्कसँग सहकार्य गर्ने तयारी गरेको छ।

छिमेकी मुलुक चीनमा ‘चाइनिज पे इन्टरनेसनल’को नाममा संचालित कम्पनीले अन्य देशहरुमा भने ‘युनियन पे इन्टरनेसनल’को नाममा नेटवर्क संचालन गरिरहेको छ । भारतसहित विश्वका डेढ सय बढी देशमा यसको नेटवर्क विस्तार भएको छ।

यसअघि राष्ट्र बैंकले अनुमति नलिइकन कुनै पनि डिजिटल भुक्तानी प्रणाली सञ्चालन गर्न नपाईने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो। नेपालमा चिनियाँ पेमेन्ट गेटवेलगायतले अनधिकृत कारोबार गर्ने गरेको समाचारहरु आएपछि राष्ट्र बैंकले त्यस्तो सूचना जारी गरेको थियो ।

सार्वजनिक सूचनापछि वीच्याट, अलिपे र युनियन पे गरी तीन वटाले डिजिटल कारोबारका लागि राष्ट्र बैंकसँग अनुमति मागेका थिए।

माध्यम

easy care

प्रकाशित: ८ श्रावण २०७६, बुधबार

ताजा समाचार

Vietnamese airlines use environmentally-friendly aircraft to realize net-zero emission targets

  • Technology Khabar
  • ७ जेष्ठ २०८१, सोमबार