अमेरिकी प्रतिबन्धका कारण ह्वावेले अमेरिकामा भएको आफ्नो कम्पनीबाट हटायो ६०० कामदार

Technology Khabar ७ श्रावण २०७६, मंगलवार

अमेरिकी प्रतिबन्धका कारण ह्वावेले अमेरिकामा भएको आफ्नो कम्पनीबाट हटायो ६०० कामदार

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेलिकम कम्पनी ह्वावेले आफ्नो अमेरिकाको यूनिटमा भएका कर्मचारीहरुमध्ये ६०० कर्मचारीहरुलाई हटाएको छ । अमेरिकाले कम्पनीलाई कालोसूचीमा राखेपछि यूएस रिसर्च यूनिट फ्यूचरवेईमा रहेका ६०० भन्दा बढि कर्मचारी हटाएको हो ।

कम्पनीले सो कामदार हटाउने कारणमा हालको अमेरिकी घट्नाबाट उत्पन्न व्यवसायीक अवरोध भएको बताएको छ ।

यसअघि अमेरिकाले ह्वावेलाई अमेरिकी संस्थाहरुसँग व्यापार गर्न रोक लगाउने प्रतिबन्धित सूचीमा समावेश गरेको थियो ।

अमेरिकाको क्यालिफोर्नियामा रहेको फ्यूचरवेई रिसर्च एण्ड डेभलपमेन्ट सब्सिडरीका कर्मचारीहरु हटाईएका हुन् ।

कम्पनीले सो बारेमा विज्ञप्ति नै जारी गरेर जुलाई २२ तारिखदेखि लागू हुने गरेर ६०० भन्दा बढि कर्मचारीहरु हटाईएको उल्लेख गरेको छ । यो संख्या सो कम्पनीमा कार्यरत कुल कर्मचारीहरुको ७० प्रतिशत भन्दा बढि हुने रिपोर्टमा उल्लेख छ ।

तर यदि कर्मचारी चिनियाँ छ भने उसलाई चीनमा फर्किएर ह्वावेसँग नै काम गर्ने अप्सन प्रदान गरिएको छ ।

फ्यूचरवेईको कार्य भनेको अमेरिकी विश्वविद्यालयहरु र अनुसन्धानकर्ताहरुसँग नजिकमा रहेर काम गर्नु हो । एजेन्सी

easy care

प्रकाशित: ७ श्रावण २०७६, मंगलवार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार