मोबाइल एपबाटै विदेशी मुद्रा साट्न सकिने, प्रभु बैंकले ल्यायो ‘प्रभु ईजी फोरेक्स’ एप

Technology Khabar ७ श्रावण २०७६, मंगलवार

मोबाइल एपबाटै विदेशी मुद्रा साट्न सकिने, प्रभु बैंकले ल्यायो ‘प्रभु ईजी फोरेक्स’ एप

काठमाडौं । अन्तर्राष्ट्रिय विदेशी मुद्राहरु सटहीका लागि मोबाइल एप्लिकेसन ‘प्रभु ईजी फोरेक्स’ सार्वजनिक भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रभु बैंकले नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो ।

सहज रुपमा वैदेशिक मुद्रा आफ्नै मोबाइलबाट सटहीको सेवा प्रदान गर्ने उद्देश्यले आम सेवाग्राहीहरु माझ प्रभु इजी फोरएक्स ल्याएको प्रभु बैंकले जानकारी दियो। रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनको लागि विदेश आउजाउ गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ ।

झण्झटिलो र लामो प्रकृयामा अन्तर्राष्ट्रिय मुद्रा सटही हुने प्रविधिलाई विस्थापित गर्दै नविनम प्रविधिमार्फत मुद्रा सटहीलाई प्रविधिमैत्री तथा सरलीकृत गर्न मोबाइल एप ल्याएको कम्पनीले बताएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा सटहीका लागि सेवा आवश्यक पर्नेहरुले सजिलै मोबाइल वा अनलाईनबाट आवेदन गर्न सक्ने छन् । त्यसका लागि प्रभु ईजी फोरएक्स मोबाइल एप मोबाइलमा उपलब्ध प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ भने एपस्टोरमा समेत चाडै नै उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।

मोबाइल एपमार्फत वैदेशिक मुद्रा सटहीका लागि अनलाइन आवेदन दिएको केहि समयभित्रै बैंकले एसएमएसमार्फत सटहीको कन्फर्मेसन प्रदान गर्छ । त्यसपछि आवेदकले आफ्नो अनुकूल समयमा तोकिएको शाखा तथा काउण्टरबाट सटही मुद्रा संकलन गर्न सक्ने छन् ।

यो सुविधा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बैंकको काउण्टरमा समेत उपलब्ध गराइएको प्रभु बैंकले जनाएको छ ।

TK Viber

प्रकाशित: ७ श्रावण २०७६, मंगलवार

Loading...