ढाका उडान आरम्भ गर्दै हिमालय एअरलाइन्सले गर्यो क्षेत्रीय सञ्जाल विस्तार

Technology Khabar ६ श्रावण २०७६, सोमबार

ढाका उडान आरम्भ गर्दै हिमालय एअरलाइन्सले गर्यो क्षेत्रीय सञ्जाल विस्तार

काठमाडौं ।

काठमाडौ । हिमालय एअरलाइन्सले बांङ्गलादेशको राजधानी ढाकामा आफ्नो पहिलो उडान भरेको छ । प्रिमियम इकनोमी क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमता भएको एयरबस ए३२०–२१४ को न्यारोबडी जहाजले मंगलबार, बुधबार र शनिबार गरी हप्तामा तीन दिन उडान सेवा उपलब्ध गराउनेछ ।

केवल एक घण्टाको उडान दुरी रहेकोले व्यापारिक तथा भ्रमण प्रयोजनका लागि आउने यात्रुका लागि त्यही दिन फर्कन मिल्ने सुविधायुक्त उडान तालिका प्रस्ताव गरिएको छ । यो नया“ रुटले नेपालको एसियाली मुलुकस“ग सम्पर्क अझ बढावा दिने आशा गरिएको छ ।

२०७६ साउन ६ (जुलाई २२, २०१९) गते कुल १४१ यात्रु बोकेर उद्घाटन भएको हिमालय एअरलाइन्सको विमान H9 ६७८ काठमाडौंको त्रिभुवन विमानस्थलबाट स्थानीय समय ११ः३३ मा उडेको थियो र ढाकाको हजरत साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १३ः०० मा अवतरण गरेको थियो । सोही दिन कुल १०४ यात्रु बोकेर एयरलाइन्सको विमान H9 ६७९ ढाकाबाट स्थानीय समय १४ः२६ मा उडान भरी त्रिभुवन विमानस्थलमा १५ः४४ मा अवतरण गरेको थियो ।

हिमालय एअरलाइन्सले एसएयर एयर बीडी लिमिटेडलाई बांङ्गलादेशमा आफ्नो जिएसए (साधारण विक्री एजेन्ट) का रुपमा नियुक्ति गरेको जनाएको छ ।

easy care

प्रकाशित: ६ श्रावण २०७६, सोमबार

ताजा समाचार