ह्वावे वाई नाइन प्राइम २०१९ नेपाली बजारमा, ३० हजार रुपैयाँमा अटो पप-अप क्यामरा स्मार्टफोन

Technology Khabar ६ श्रावण २०७६, सोमबार

ह्वावे वाई नाइन प्राइम २०१९ नेपाली बजारमा, ३० हजार रुपैयाँमा अटो पप-अप क्यामरा स्मार्टफोन
ह्वावेले नेपाली बजारमा ल्याएको वाई ९ प्राइम २०१९

काठमाडौं ।

काठमाडौं । ह्वावेले पप–अप क्यामरा भएको वाई नाइनप्राइम २०१९ (Y9 Prime) नेपाली बजारमा सार्वजनिक गरेको छ ।

ह्वावे  वाई ९ प्राइम सिरिजअन्तर्गत पप–अप क्यामरा र पूरै एचडी डिस्प्ले भएको बेजल–लेस फोन सबैभन्दा सस्तो दरमा उपलब्ध छ । नेपाली बजारमा यो स्मार्टफोनको मूल्य रुपैयाँ २९,९९० तोकिएको छ । वाई नाइनप्राइम २०१९ कालो, नीलो र हरियो रंगहरुमा उपलब्ध छ ।

उच्च कार्यक्षमता, शक्तिशाली किरिन ७१० एफ चीपसेट र इन्टेलिजेन्ट ईएमयूआई नाइन अपरेटिङ सिस्टमजडित यो स्मार्टफोनमा एआई सपोर्ट गर्ने फोटोग्राफी, लामो ब्याट्री लाइफ, हाई एण्ड ग्राफिक्स र आकर्षक डिजाइनहरूसहित अन्य विशेष विशेषताहरू रहेको छ ।

यो स्मार्टफोनमा ट्रिपल क्यामरा सेटअप रहेको छ– १६ एमपी+८ एमपी+२एमपी रियर क्यामरा सिस्टम रहेको छ । १६ एमपीको पप–अप क्यामराले जादूमय रूपमा काम गर्ने कम्पनीको दाबी छ । सामान्य अवस्थामा क्यामरा फोनको भित्रपट्टि हुनेछ भने जब फ्रन्ट क्यामरा संचालनमा ल्याइन्छ जस्तो कि सेल्फीहरू लिँदा यो स्वतः निस्किन्छ र स्क्रीनको अगाडि निस्कन्छ ।

पप–अप लेन्सलाई बाहिरपट्टि निस्कन एक सेकेण्ड मात्र लाग्दछ र एकदमै सहजै कामगर्दछ । १६ एमपी क्यामरामा भएको एफ÷१.८ एपर्चरले समान्यतया हुने एफ÷२.२ एपर्चरले ५० प्रतिशतभन्दा बढी प्रकाश लिने गर्दछ र कम आवाज निस्कने र छिटो फोकस गर्ने गर्दछ । ८ एमपी सेन्सरले १२० डिग्री वाइड एंगल सटहरू लिने गर्दछ र विशाल ल्याण्डस्केपहरू वा आकाशको आकर्षक तस्वीरहरू खिच्न सक्दछ ।

पप–अप क्यामरासँगै यो बजेट फोनमा अन्य धेरै विशेषताहरू रहेका छन् । ६.५९ ईन्चको फूल एचडी डिस्प्लेले ह्वावे स्टार्क सिरिजलाई आकर्षक देखिने बनाएको छ र स्क्रीनमा त्यस्तो केही स्लाइड वा नोचहरू छैनन् ।

२३४०X१०८० फूल एचडी डिस्प्ले र ३९१ पीपीआईको पिक्सल डेन्सिटीका साथमा ह्वावे स्टार्क स्क्रीन म्याग्नीफाइङ ग्लासजस्तै काम गर्छ र सूक्ष्म रूपमा डिटेलहरू हेर्न सकिन्छ ।

ह्वावे वाई ९ प्राइममा १२ एनएमको किरिन ७१० चिपसेट र ८ कोर आर्किटेक्चर जडान गरिएको छ जसले उच्चकार्य प्रदर्शन र अधिकतम क्षमता प्रदान गर्दछ । ४००० एमएएच ब्याट्री क्षमता बजारमा सबैभन्दा अग्रस्थानमा छ । किरिन ७१० एफ चीपसेटले अधिकतम शक्ति क्षमता र विभिन्न खाले विशेषताहरूका साथमा यो फोन उपलब्ध रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: ६ श्रावण २०७६, सोमबार