Technology Khabar ६ श्रावण २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी भीभोले यो वर्ष लन्च गरेको भी सिरिजको दुई स्मार्टफोनहरु भीभो भी१५ तथा भीभो भी१५ प्रोको उत्पादन बन्द गर्ने भएको छ ।
कम्पनीले ल्याएको यी दुईफोनहरु निकै चर्चामा रहेका थिए । किनकी यी दुबै फोनका साथमा विश्व बजारमा पपअप सेल्फी क्यामराको ट्रेण्ड शुरु भएको थियो । त्यसैगरि यसमा ट्रिपल क्यामरा सेटअप पनि रहेको छ ।
तर हालै आएको एक रिपोर्टअनुसार भीभोले आफ्नो दुबै मोडलहरुको उत्पादन बन्द गर्ने भएकोछ ।
भारतीय अफलाइन रिटेल सोर्सको माध्यमबाट आएको जानकारीअनुसार कम्पनीले भीभो भी १५ तथा भीभो भी १५ प्रोको उत्पादन बन्द गरेको छ भने स्टक पनि हटाउँदैछ ।
कम्पनीका अधिकारीहरुले रिटेलरहरुलाई दिएको जानकारीअनुसार भीभो भी १५ तथा भीभो भी१५ प्रोको उत्पादन बन्द गरेको छ र यो फोन स्टक रहेसम्म मात्र उपलब्ध गराउने बताईएको छ ।
यदपि कम्पनीसँग कति स्टक छ र कहिलेसम्म स्टक फोन उपलब्ध हुनेछ भन्ने जानकारी छैन तर अझै केहि दिनसम्म यो स्मार्टफोन उपलब्ध हुने बताईएको छ ।
कम्पनीले केहि दिनपछि नै विश्व बजारमा भीभो एस सिरिज लन्च गर्दैछ र संभवत भीभो भी १५ तथा भीभो भी १५ प्रोलाई एस सिरिजले हटाउने बताईएको छ ।
नयाँ टेक फीचरहरुका कारणले यो भीभो भी १५ तथा भीभो भी १५ प्रो बजारमा पनि निकै रुचाईएको फोनमध्येमा पर्दछ तर यसलाई किन कम्पनीले हटाउँदैछ भन्ने जानकारी छैन् ।
भीभो भी १५ तथा भीभो भी १५ प्रो उत्पादन रोकेसँग भीभोले भारतमा मात्र यो फोन डिसकन्टिन्यू गर्ने हो वा अन्य देशहरुमा पनि रोकिने हो भन्ने जानकारी छैन् ।
नेपाली बजारमा पनि भीभोका स्मार्टफोनहरुको राम्रो बिक्री रहेको छ भने भीभो भी १५ तथा भीभो भी १५ प्रोले बजारमा निकै चर्चा पाएको थियो । यी दुबै मोडल नेपाली बजारमा सफल मोडलको रुपमा चिनिन्छन् ।
प्रकाशित: ६ श्रावण २०७६, सोमबार