दक्षिण कोरियाली कम्पनी सामसंगले भोल्भोका इलेक्ट्रिक ट्रकका लागि ब्याट्री उपलब्ध गराउने

Technology Khabar ५ श्रावण २०७६, आईतवार

दक्षिण कोरियाली कम्पनी सामसंगले भोल्भोका इलेक्ट्रिक ट्रकका लागि ब्याट्री उपलब्ध गराउने
NTC_Advt

काठमाडौं ।

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसंग एसडीआई र भोल्भो ग्रुपले संयुक्तरुपमा भोल्भो इलेक्ट्रिक ट्रकलाई आवश्यक पर्ने ब्याट्रिको विकास र आपूर्तिको लागि नयाँ रणनीतिक साझेदारी गरेका छन् ।

दुबै कम्पनीहरुले संयुक्तरुपमा भोल्भोको ठूला इलेक्ट्रिक ट्रकहरुका लागि ब्याट्रि प्याक विकास गर्नेछन्, जसमा सामसंगले ब्याट्री सेल र मोड्यूल्स उपलब्ध गराउने छ । भोल्भोले आफ्नो म्यानुफ्याक्चरींग अपरेसनहरुको एसेम्बलीमा ती ब्याट्री प्याक टेक उपयोग गर्नेछ ।

भोल्भोले सो वर्षको शुरुवाती चरणमा नै आफ्नो पहिलो इलेक्ट्रिक ट्रक भोल्भो एफएल इलेक्ट्रिक सार्वजनिक गरेको थियो । ती गाडिहरु प्रि सिरिज प्रडक्सन भेहिकल्स थिए । भोल्भोले सन् २०१९ को दोस्रो अर्ध वार्षिक अवधिसम्म सिमित संख्यामा यूरोपेली बजारहरुमा इलेक्ट्रिक ट्रक ल्याउने घोषणा गरेको थियो ।

भोल्भोले अल इलेक्ट्रिक गार्बेज ट्रकका साथसाथै, अटोनोमस, क्याबलेस अल इलेक्ट्रिक ट्रकहरु पनि प्रदर्शन गरेको थियो । यसबाहेक कम्पनीले भोल्भोल भीएनआर इलेक्ट्रिक सेमीको बारेमा पनि उल्लेख गरेको थियो जून यो वर्ष परीक्षण गरेर सन् २०२० मा नर्थ अमेरिकामा बिक्री गर्ने योजना लिएको छ ।

‘सामसंग एसडीआईसँगको एकता हाम्रो यात्राको एउटा महत्वपूर्ण कदम हो जून विश्वको सबैभन्दा दिगो ट्रान्सपोर्ट सिस्टमको लागि हुनेछ र साथमा ईन्धन प्रयोग नहुने अल्टरनेटिभ्स हाम्रा कमर्शीयल भेहिकल्सका लागि हुनेछ, भोल्भो ग्रुपका प्रेसिडेन्ट एण्ड सिईओ मार्टिन लुनस्टेडले भने । एजेन्सी ।

प्रकाशित: ५ श्रावण २०७६, आईतवार