पोर्न साइट हेर्नुहुन्छ ? होस गर्नुस् गूगल र फेसबुकले गोप्यरुपमा तपाईँलाई ट्र्याक गरिरहेका छन्

Technology Khabar ४ श्रावण २०७६, शनिबार

पोर्न साइट हेर्नुहुन्छ ? होस गर्नुस् गूगल र फेसबुकले गोप्यरुपमा तपाईँलाई ट्र्याक गरिरहेका छन्

काठमाडौं ।

काठमाडौं । नेपालमा पोर्नसाइट अर्थात अश्लिल भिडियो राखिने साइटहरुलाई सरकारले इन्टरनेटमा प्रतिबन्ध लगाएकोछ ।

पोर्न साइटलाई अधिकांशले लुकिछिपी हेर्ने गर्दछन् । उनीहरु आफूले पोर्न साइट हेरेको थाहा नहोस भनेर इन्टरनेट सर्फिंगका लागि पनि इंकग्निटो मोडको प्रयोग गर्ने गर्दछन् । जसले गर्दा तपाईँको डिभाइसमा त्यसको बारेमा जानकारी संकलन हुँदैन् ।

तर तपाईँले इंकग्निटो मोड प्रयोग गरेर पनि पोर्नोग्राफी हेरिरहनुभएकोछ र कसैलाई थाहा हुँदैन भन्ने लाग्दछ भने तपाईँ गलत हुनुहुन्छ । गूगल, फेसबुक र ओर्याकल क्लाउडले पनि तपाईँको गतिबिधिको बारेमा गोप्यरुपले हेरिरहेका छन् ।

ल्यापटप वा स्मार्टफोनमा इंकग्निटो मोडमा स्विच गरेर पनि तपाईको माध्यमबाट पोर्नको गोप्यरुपमा जानकारी लिने गरिएको अनुसन्धानमा भेटिएको छ । माइक्रोसफ्ट, कार्नेगी मेलोन यूनिभर्सिटी र यूनिभर्सिटी अफ पेन्सिलभेनियाले गरेको अध्ययनअनुसार गूगल, फेसबुक र ओर्याकल क्लाउडले तपाईँको गतिबिधि हेरिरहेका पत्ता लागेको हो ।

उनीहरुले गरेको अध्ययनअनुसार ९३ प्रतिशत वेब पेज यस्ता छन जसले यूजर्सको डाटाहरु थर्ड पार्टी अर्थात तेस्रो कम्पनीहरुका लागि ट्र्याक वा लीक गर्दछन् ।

अनुसन्धानमा वेबएक्सरे नामक टेक्नोलोजीको प्रयोग गरेर २२ हजार ४ सय ८४ पोर्न बेबसाइटहरुको अध्ययन गरिएको थियो । सो अध्ययनमा यूजर्सलाई ट्र्याक गरिरहेका २३० विभिन्न कम्पनी तथा सेवाहरुको पहिचान गरिएको थियो ।

अनुसन्धानकर्ताहरुले यी साइटहरुमा भईरहेको ट्र्याकिंग केहि प्रमुख कम्पनीहरुको लागि केन्द्रित रहेको भेटेका थिए । गैर पोर्नोग्राफी विशिष्ट सेवाहरुमध्ये गूगलले ७४ प्रतिशत साइटहरुलाई ट्र्याक गर्दछ भने ओर्याकलले २४ प्रतिशत तथा फेसबुकले १० प्रतिशत साइटहरुलाई ट्र्याक गर्दछ । गूगलले आफैंले मात्र नभई आफ्नो सब्सिडायरी एडभरटाईजिंग प्लेटफर्म डबलक्लिकमार्फत ट्र्याक गर्ने गर्दछ ।

पोर्नोग्राफी स्पेशल ट्र्याकरमध्ये ईएक्सओ क्लिक ४० प्रतिशत, जुसीएड ११ प्रतिशत र इरो एडभरटाईजिंग ९ प्रतिशतलगायत रहेका छन् । अध्ययनकाअनुसार गैर पोर्नोग्राफीको टप १० कम्पनीहरुमध्ये अमेरिकी कम्पनीछन जबकी पोर्नोग्राफी स्पेशलका अधिकतम कम्पनीहरु यूरोपमा छन् ।

अनुसन्धानकर्ताहरुले अध्ययनको लागि ज्याक नामक एउटा काल्पनिक प्रोफाइल बनाएर आफ्नो ल्यापटपमा पोर्न हेर्ने गरि तयार पारेका थिए । यसको लागि ल्यापटपको ब्राउजरमा इंकग्निटो मोड अन गर्दछ र एउटा पोर्न साइट खोलिन्छ भने एक गोपनियता नीति भएको एउटा सानो लिंकलाई स्क्रोल गरिन्छ । सोहि अनुसार ज्याक नामक काल्पनिक नामको प्रोफाइलमार्फत एउटा पोर्न भिडियो खोलिन्छ ।

ब्राउजरमा हुने इंकग्निटो मोडले केबल प्रयोगकर्ताहरुको ब्राउजिंग हिस्ट्री उसको कम्यूटरमा संग्रह नगर्ने सुनिश्चिता मात्र प्रदान गर्ने अनुसन्धानकर्ताहरुले बताएका छन्। प्रयोगकर्ताले जुन साइटमा जान्छ सो सम्बन्धि गतिबिधिहरु थर्ड पार्टी ट्र्याकरहरुले हेर्न र रेकर्ड गर्न सक्दछन् । अझ महत्वपूर्ण भनेको यूजर्सले हेरेका भिडियोे र पोर्न साइटहरुको आधारमा ट्र्याकरहरुले ती साइटहरुको यूआरएलको

सहयोगबाट यूजर्सको योैन ईच्छाहरुको पनि अनुमान लगाउन सक्दछन् । त्यसैगरि प्रयोगकर्तासँग जोडिएको डाटा बेच्न पनि सक्दछन् ।
एजेन्सी

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ४ श्रावण २०७६, शनिबार

ताजा समाचार