फ्रि वाई-फाई चलाउनुहुन्छ ? त्यसो भए ध्यान दिनुस् यी विषयहरुमा नत्र डाटा चोरी होला

Technology Khabar ४ श्रावण २०७६, शनिबार

फ्रि वाई-फाई चलाउनुहुन्छ ? त्यसो भए ध्यान दिनुस् यी विषयहरुमा नत्र डाटा चोरी होला

काठमाडौं ।

काठमाडौं । हामीमध्ये अधिकांश निशुल्क वाई-फाई भेटिएमा त्यो प्रयोग गर्न थालिहाल्छौं । तर यो हाम्रो लागि खतराजनक हुनसक्दछ किनकी यदि सही तरिकाबाट कन्फिगर न गरेमा ह्याकर्सले सजिलैसँग वाईफाई राउटर्सलाई नियन्त्रणमा गर्न सक्दछन् ।

वाई-फाई राउटर्स नियन्त्रणमा हुनुको अर्थ तपाईँले हेरिरहेको वेबसाइटको बारेमा जानकारी लिने र तपाईँको डाटाको प्रयोग कुनै साइटका लागि अधिक गरिरहनुभएको छ वा कुन भिडियो हेरिरहनुभएको छ भन्ने विषय ह्याकर समक्ष पुग्नु हो ।

फ्रि वाई-फाई अधिकांश समय जोखिमयुक्त हुन्छ । यसमा ह्याकरले राखेको नक्कली वाई-फाईमा पनि तपाईँ कनेक्ट हुने संभावना रहन्छ । ह्याकरहरुले तपाईँको डाटाहरु दूरुपयोग गर्ने, डार्क वेभमा बेच्ने, रकम चोर्नेलगायतका घट्ना गराउन सक्दछन् ।

नेपालमा पनि अधिकांश सरकारी कार्यालयहरु, सार्वजनिक पार्क तथा स्थानहरु, होटल, रेष्टुरेन्ट, एयरपोर्टलगायतका स्थानहरुमा पब्लिक वाई-फाई उपलब्ध रहेको छ । सिमित अवधिसम्म मात्र चलाउन सकिने यी वाईफाईहरु अधिकांश मानिसहरुले दैनिकरुपमा प्रयोग गर्ने गर्दछन् ।

त्यसैले फ्रि वाई-फाई प्रयोग गर्दा केहि विषयहरुमा तपाईँले ध्यान दिनुभयो भने तपाईँको डाटा र व्यक्तिगत जानकारीहरु सुरक्षित हुन सक्दछ ।

  • पहिलो विषय फ्रि वाई-फाई यदि तपाईँपनि प्रयोग गरीरहनुभएको छ भने यस्ता साइटहरुमा नजानुहोस् जहाँ तपाईँले आफ्नो बारेमा व्यक्तिगत जानकारीहरु बैंक एकाउन्ट, घरको ठेगाना, मोबाइल नम्बर, ट्याक्स नम्बरलगायत दिनुपर्ने हुन्छ ।
  • कनेक्ट गर्नुभन्दा पहिले नेटवर्कलाई भेरिफाई गर्नुहोस् । एयरपोर्ट, बस स्टेशन, पार्क, रेष्टुरेन्ट तथा होटलहरुलगायत सार्वजनिक स्थानहरुमा यदि फ्रि वाई-फाई उपयोग गर्न चाहनुहुन्छ भने यसको लागि एक अफिशियल लगइन पेज हुन्छ र त्यसमा मात्र गएर प्रयोग गर्नुहोस् ।
  • सेक्योर वेबसाइटहरुलाई एचटिटिपिएस वेबसाइटहरु भनेर चिनिन्छ र त्यस्ता वेबसाइटहरु मात्र प्रयोग गर्नुहोस् । यदि केवल एचचिचिपि मात्र छ भने ती वेबसाइटहरुमा जान वा हेर्न जोखिमयुक्त हुनेछ ।
  • एन्टिभाइरस सफ्टवेयरको प्रयोग गर्नुहोस् । किनकी यसले सिस्टममा अनावश्यकरुपमा प्रवेश गर्न चाहने सफ्टवेयरबाट बचाउँछ । यसबाहेक फायरवाल इनेबल्ड राख्नुहोस र कठिन प्रकृतिको पासवर्ड प्रयोग गर्ने गर्नुस् ।
easy care

प्रकाशित: ४ श्रावण २०७६, शनिबार