आइसिटी अवार्डमा उत्कृष्ट ५ को घोषणा

Technology Khabar ३ श्रावण २०७६, शुक्रबार

आइसिटी अवार्डमा उत्कृष्ट ५ को घोषणा

काठमाडौं ।

काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा हुन लागेको आइसिटी अवार्ड २०१९ अन्तर्गत ३ विधाका उत्कृष्ट ५ को घोषणा गरिएको छ ।

यसअन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टार आइसिटी अवार्ड विधामा उत्कृष्ट ५ को घोषण भएको हो । गत असार २८ मा आयोजित प्रेजेन्टेशन र स्पिड डेटिङ सेसनपछि उत्कृष्ट ११ बाट उत्कृष्ट ५ को टुंगो लगाइएको निर्णायक समूहका संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए ।

यसअध्ये स्टार्टअप आइसिटी अवार्ड २०१९ विधामा ई–डिजिटल नेपाल प्रालि, हाम्रो टेक्नोलोजी प्रालि, खाली सिसी म्यानेजमेन्ट प्रालि, युजी केक्स र वाकम्यान ‘ग्रिन क्वेन्स’ अन्तिम चरणमा पुग्न सफल भएका छन् । त्यस्तै प्रडक्ट आइसिटी अवार्ड २०१९ विधामा विधाना, डेल्टा सेल्स एप, इन्सपेला , एमबैंक र मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस अन्तिम चरणमा पुग्न सफल भएका छन् । अर्को विधा राइजिङ स्टार आइसिटी अवार्ड २०१९ मा हेल्प इआर, नयाँ किनमेल, प्रशासन ई, रक्तदान र वाटर टेस्टर एप अन्तिम चरणमा पुगेका आयोजक कम्पनीले जानकारी दिएको छ ।

तीनै विधाका उत्कृष्ट ५ का लागि बिहिबार राती १२ बजेदेखि असार १८ गते राती १२ बजेसम्म अनलाइन र एसमएस भोटिङ गर्न सकिने अवार्ड कार्यक्रमका संयोजक राजन लम्सालले जानकारी दिए । अनलाइन तथा एसएमएस भोटिङको लागि धधध।ष्अतबधबचम।यचन मा विस्तृत जानकारी उपलब्ध गराइएको छ ।

अवार्डका अन्य ६ विधाका लागि निर्णायक मण्डलको समूहले छनोट प्रक्रिया जारी राखेको छ । यसअन्तर्गत पायोनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, आन्ट्रप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, डिजिटल एजुकेशन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड रहेका छन् ।

यस संस्करणको आइसिटी अवार्डमा सबै विधा गरी २ सयभन्दा बढीको अनलाइन आवेदन परेको थियो ।

Global Bank
easy care

प्रकाशित: ३ श्रावण २०७६, शुक्रबार

ताजा समाचार