ट्विटरमा मन नपरेका प्रतिकृयाहरु लुकाउन सकिने सुविधा आउँदै, हाईड रिप्लाईज आइकन लन्च हुने

Technology Khabar २ श्रावण २०७६, बिहीबार

ट्विटरमा मन नपरेका प्रतिकृयाहरु लुकाउन सकिने सुविधा आउँदै, हाईड रिप्लाईज आइकन लन्च हुने

काठमाडौं । माइक्रो ब्लगिंग साइट ट्विटरले हालै हाईड रिप्लाईज नामक फीचर परीक्षणको लागि लन्च गरेको छ । कम्पनीले यूजर्सलाई आफ्नो ट्विटमा कुनै ट्विटको जवाफ असान्दर्भिक वा अस्वभाविक लागेमा त्यसलाई लुकाउन सकिने सुविधा दिन लागेको हो ।

पछिल्लो दिनहरुमा सामाजिक संजालहरुमा राखिएको पोष्ट तथा टिप्पणीहरुमा अनधिकृत र असान्दर्भिक किसिमका जवाफहरु आउने गरेको सन्दर्भमा ट्विटरले यूजर्सका लागि नयाँ फीचर ल्याउन लागेको हो।

अहिले पनि ट्विटरमा यूजर्सले मानिसहरुलाई म्यूट गर्न वा ब्लक गर्न सक्ने सुविधा रहेको छ । तर त्यस्तो बेलामा पनि ती मानिसहरुले गरेको जवाफलाई हटाउन भने सकिँदैन् । तर अब आउने नयाँ फीचर हाईड रिप्लाईले त्यस्तो कमेन्टहरुलाई लुकाउन सक्ने सुविधा दिनेछ ।

ट्विटको जवाफ लुकाउनु भनेको त्यसलाई पूर्ण रुपमा हटाउन सकिने भन्ने होईन तर त्यसलाई नदेखिने किसिमले मात्र राख्न सकिने हुन्छ । यसको लागि ट्विटरले एउटा आइकन दिएको हुन्छ र त्यसलाई क्लिक गरेर रिप्लाईलाई लुकाउन वा देखाउन सकिने बनाउन सकिन्छ ।

ट्विटरले यो फीचर ल्याउनुमा ट्विटरको प्लेटफर्ममा गरिने कुराकानीहरु ‘सामाजिक सदभावयुक्त’ बनाउने उद्धेश्य रहेको बताएको छ ।

ट्विटरको यो नयाँ फीचरले यूजर्सलाई मन नपरेका रिप्लाईहरु लुकाउन सकिने सुविधा दिँदा त्यसले एक पक्षियरुपमा मात्र अन्तरक्रिया हुने र त्यसको अर्को पक्षको भनाई वा विचारलाई मार्न सकिने विश्लेषकहरुले आशंका व्यक्त गरेका छन् ।

तर ट्विटरले भने त्यसरी लुकाउन सकिने हाईड रिप्लाईजलाई पनि हेर्न सकिने दाबी गरेको छ । त्यसको लागि अन्य प्रयोगकर्ताहरुले सो हाईड रिप्लाईज भन्ने आइकनमा क्लिक गर्नुपर्ने हुन्छ ।

हाल परिक्षणको चरणमा नै रहेको सो फीचर केहि दिनभित्र लन्च गरिने ट्विटरको योजना छ । एजेन्सी

TK Viber

प्रकाशित: २ श्रावण २०७६, बिहीबार

Loading...