नेपाल टेलिकमको मोबाइल सेवाको अनुमति पत्र तेस्रो पटकको लागि नवीकरण, ५ वर्षलाई ढुक्क

Technology Khabar २ श्रावण २०७६, बिहीबार

नेपाल टेलिकमको मोबाइल सेवाको अनुमति पत्र तेस्रो पटकको लागि नवीकरण, ५ वर्षलाई ढुक्क
फाइल

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम) को मोबाइल सेवाको अनुमति पत्र तेस्रो पटकको लागि नवीकरण गरेको छ ।

दूरसंचार प्राधिकरणको बोर्डको साउन १ गते बुधबार बसेको बैठकले नेपाल टेलिकमको मोबाइल लाइसेन्स तेस्रो पटकको लागि नवीकरण गर्ने निर्णय गरेको हो ।

टेलिकमले यसअघि असार ३० गते आफूले प्राधिकरणलाई बुझाउनुपर्ने दोस्रो पटकको नवीकरणको दस्तुर रकम बुझाएको आधारमा कम्पनीको तेस्रो पटकको लागि लाइसेन्स रिन्यू गरिएको हो ।

प्राधिकरणका कार्यबाहक अध्यक्ष पुरुषोत्तम खनालले टेलिकमले सरकारको निर्णयअनुसार दोस्रो पटकको नवीकरण दस्तुरको पहिलो किस्ता रकम बुझाएको हुँदा तेस्रो पटकको लागि भविश्यमा निर्णय भएबमोजिम हुने गरि नवीकरण गरेको जानकारी दिए ।

‘टेलिकमले दोस्रो पटकको लाइसेन्स नवीकरण दस्तुरको पहिलो किस्ता ४ अर्ब बुझाएको र संचार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनअनुसार तेस्रो पटकको लागि हाललाई लाइसेन्स नवीकरण गरिएको हो,’ कार्यबाहक अध्यक्ष खनालले भने ।

मन्त्रीपरिषदको निर्णयअनुसार टेलिकमले दोस्रो पटकको लाइसेन्सको नवीकरण रकम २० अर्ब रुपैयाँ ५ किस्तामा बुझाउन पाउने सुविधा पाएको थियो । सोहि निर्णयको आधारमा टेलिकमले असार ३० गते बाँकी नवीकरण दस्तुर प्राधिकरणमा बुझाएको थियो । यसअघि २०७०/७१ मा दोस्रो नवीकरणको लागि निवेदन दिँदा नै १८ करोड ९० लाख रुपैयाँ बुझाएकोमा बाँकी रकम हाल बुझाएको हो ।

मन्त्रालयले पनि दोस्रो पटकको लाइसेन्स नवीकरण दस्तुर बुझाएको हुँदा तेस्रो पटकको लाइसेन्स नवीकरण गरिदिन प्राधिकरणलाई निर्देशन दिएको थियो ।

Global Bank
easy care

प्रकाशित: २ श्रावण २०७६, बिहीबार

ताजा समाचार