उत्पत्तिको प्रमाणपत्र अब अनलाइनमार्फत जारी हुने

Technology Khabar १ श्रावण २०७६, बुधबार

उत्पत्तिको प्रमाणपत्र अब अनलाइनमार्फत जारी हुने
Classic Tech

काठमाडौं । नेपाल उद्योग परिसंघले सर्टिफिकेट अफ ओरिजिन अर्थात उत्पत्तिको प्रमाणपत्र अब अनलाइनमार्फत जारी हुने व्यवस्था मिलाएको छ ।

आज परिसंघको कार्यालय थापाथलीमा वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी र परिसंघका अध्यक्ष सतिश कुमार मोरले अनलाइन व्यवस्थाको शुरु गरे ।

सो अवसरमा वाणिज्य तथा आपूर्ति सचिव अधिकारीले अनलाइन प्रणालीले व्यापारमा हुने गैर कर अवरोधहरु कम भई थप प्रतिस्पर्धीहरुलाई सहयोग पुग्ने बताए । सचिव अधिकारीले व्यापारसँग जोडिएका भन्सार कार्यालयहरु, नेपाल राष्ट्र बैंक लगायतका निकायहरु एकिकृत अनलाइन प्रणालीमा आवद्ध हुन लागेकोले उत्पत्तिको प्रमाणपत्र अनलाइन जारी गर्दा समस्या नहुने र समस्या आइहाले सुधारका लागि मन्त्रालय तयार रहेको जानकारी गराए ।

सो अवसरमा व्यापार प्रर्वद्धन केन्द्रका कार्यकारी प्रमुख शरद विक्रम राणाले व्यापारमा कागजी अवरोध कम हुने भएकाले अनलाइन प्रणाली लागु गर्न व्यवसायीक क्षेत्रले सघाउनु पर्ने बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष मोरले उत्पत्तिको प्रमाणपत्र अनलाइन जारी गर्न परिसंघले आवश्यक तयारी पुरा गरेको बताए । अध्यक्ष मोरले भारत तर्फको निकासीमा पनि परिसंघले उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने व्यवस्था मिलाउन आग्रह गरे । निकासी व्यापारमा थप सहुलियत तथा अहिले व्यापारमा देखा परेका कानूनी झन्झट हटाउन अध्यक्ष मोरले आग्रह गरे ।

परिसंघका उपाध्यक्ष राजेश अग्रवालले अनलाइन प्रणालीलाई व्यवस्थित गर्न र भुक्तानी सेवालाई पनि अनलाइन प्रणालीमा थप सहज गर्न आग्रह गरे ।

परिसंघले आज सफ्ट लञ्च भएको उत्पत्तिको प्रमाणपत्र अब अनलाइन व्यवस्थालाई एक महिना भित्र पूर्ण रुपमा अनलाइन जारी हुने व्यवस्था मिलाउने जनाएको छ ।

TK Viber

प्रकाशित: १ श्रावण २०७६, बुधबार

Loading...