नामी कलेज र इन्फोडेभलपर्स बीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य गर्ने सम्झौता

Technology Khabar १ श्रावण २०७६, बुधबार

नामी कलेज र इन्फोडेभलपर्स बीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य गर्ने सम्झौता

काठमाडौं ।

काठमाडौ । जोरपाटीस्थित नामी कलेज र इन्फोडेभलपर्स प्रालीबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।
नामीमा अध्ययनरत विद्यार्थीको अभ्यासमुलक कार्यमा सहयोग पु¥याउने उद्देश्यले उक्त सम्झौता गरिएको हो ।

साउन १ गते बुधबार नामी कलेजमा आयोजित कार्यक्रममा दुवै संस्थाका प्रतिनिधीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार इन्फोडेभलपर्स प्रालीको सहयोगमा नामी कलेजलाई उत्कृष्ट अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र इन्फोडेभलपर्सका प्रतिनिधीले नामीका विद्यार्थीलाई सूचना प्रविधिसँग सम्बन्धित विषयमा तालिम तथा आवश्यकता अनुसार निरीक्षण सेवा पनि प्रदान गर्नेछन् ।

सम्झौतासंगै नामीका विद्यार्थीले सूचना प्रविधिको क्षेत्रमा विश्वबजारमा भईरहेका नयाँ नयाँ अविष्कारसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न पाउने छन् । साथै नामीलाई सूचना प्रविधिको उत्कृट केन्द्रको रुपमा विकास गर्न सकिने दुवै संस्थाका प्रतिनिधीले विश्वास लिएका छन् ।

प्राज्ञिक संस्था र व्यावसायिक तालिम तथा अन्य विश्वबजारमा सूचना प्रविधीको विषयमा भइरहेको वास्तविक अभ्यासलाई नामीका विद्यार्थीले प्रयोग गर्न पाउने नामी कलेजका बजार व्यवस्थापन तथा प्रशासन विभागका वरिष्ठ व्यवस्थापक अमरदीप मण्डलले जानकारी दिए ।

यो सहकार्यसंगै नेपाली सूचना तथा प्रविधि बजार तथा उद्योग कलकारखानाले माग गरेको सूचना प्रविधिसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादनमा मद्दत पुग्ने कलेजले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: १ श्रावण २०७६, बुधबार