नेपाल टेलिकमको ल्याण्डलाइन फोन र पोष्टपेड मोबाइलको स्वामित्व शुल्क घट्यो

Technology Khabar १ श्रावण २०७६, बुधबार

नेपाल टेलिकमको ल्याण्डलाइन फोन र पोष्टपेड मोबाइलको स्वामित्व शुल्क घट्यो

काठमाडौं ।

काठमाडौं । आर्थिक विधेयक, २०७६ को दफा १४(१) मा व्यवस्था भए बमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क वापत रु. ५ सय मात्र लिने व्यवस्था भएपछि नेपाल टेलिकमले उपलब्ध गराउदै आएको स्थानीय टेलिफोन तथा पोष्टपेड मोबाइल पहिले भन्दा कम दरमा उपलब्ध हुने भएको छ ।

जस अनुसार अब १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९ सय ४५ रुपैयाँमा पोष्टपेड मोबाइल लिन सकिने छ । यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय र पोष्टपेड मोबाइलका लागि १ हजार ५ सय १० रुपैयाँ बुझाउनु पर्दथ्यो ।

साथै उक्त विधेयकको कार्यान्वयनसँगै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपैयाँ कम भएको छ । यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो भने आजैदेखि जम्मा ६ सय ७८ रुपैयाँ मात्र भुक्तानी गरे पुग्नेछ ।

यो परिमार्जित शुल्क आज १ साउनदेखि नै लागू भएको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: १ श्रावण २०७६, बुधबार

ताजा समाचार