अनरको बजेट स्मार्टफोन अनर८ एस नेपाली बजारमा, मूल्य १२ हजार५ सय रुपैयाँ मात्रै

काठमाडौं । अनर नेपालले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन अनर ८एस (Honor 8S) लन्च गरेको छ । गएको अप्रिल महिनामा नै विश्व बजारमा आएको सो फोन कम्पनीले आफ्नो बजेट सेगमेन्टमा ल्याएको हो ।

यो स्मार्टफोनमा ५.७१ इन्चको आइपीएस एलसिडी डिस्प्ले राखिएको छ भने यसको स्क्रीन रिजोल्यूशन ७२०x१५२० पिक्सेल रहेको छ ।

फोनमा २ गीगाहर्ज क्वाड कोर मिडिया टेक हेलियो ए २२ प्रोसेसर राखिएको छ । यो स्मार्टफोन २ जीबी र्याम र ३ जीबी र्याम अप्सनमा आउँछ भने फोनमा ३२ जीबी र ६४ जीबीको स्टोरेज अप्सन रहेको छ ।

पावर ब्याकअपको लागि अनर ८एसमा ३०२० एमएएचको ब्याट्री प्याक रहेको छ ।

फोटोग्राफीका लागि फोनमा १३ मेगापिक्सेलको रियर क्यामरा छ भने सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ ।
एन्ड्रोयड ९ पाई अपरेटिंग सिस्टममा आधाई ईएमयूआईमा संचालन हुने सो फोनमा कम्पनीले फूलभ्यू डिस्प्ले डिजाइन दिएको छ ।
कम्पनीले नेपाली बजारमा यसको मूल्य १२ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अनर ८ एस लन्चिंग कार्यक्रममा बोल्दै अनरका साउथइस्ट एशियाका निर्देशक अकिम लीले अनरको आगामी दिनको योजनाको बारेमा जानकारी दिए । उनले अनर ह्वावेको नै एउटा सब ब्राण्ड रहेको भन्दै अनरको ब्राण्डमा पनि ५जी स्मार्टफोन यहि वर्ष लन्च गर्ने स्पष्ट पारे ।
नेपालमा अनरको मोबाइल फोन आयातकर्ता तथा अधिकृत बितरकको रुपमा क्रातोस टेक्नोलोजीज प्रालि रहेको छ ।