Technology Khabar १ श्रावण २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । साओमीको सब ब्राण्ड रेडमीले केहि समयअघि मात्रै रेडमी के२० र के२० प्रो (Redmi K20 and K20 Pro) लन्च गरेको थियो । तर अब भने कम्पनीले सुनको जलप लगाईएको विशेष एडिसन लन्च गर्ने भएको छ ।
सो गोल्डेन लिमिटेड एडिसन आउन लागेको जानकारी कम्पनीका ग्लोबल भीपी मनु कुमार जैनले ट्विटरबाट दिएका छन् ।
उनले आफ्नो नयाँ फोनको बजार प्रबद्र्धन गर्दै नयाँ गोल्ड प्लेटेड फोनको तस्विरसहित जानकारी दिएका छन् । सो फोनमा सुनको जलप लगाईएको छ भने त्यसमा हिराले अंग्रेजी अक्षर के लोगो राखिएको छ ।
रेडमी के २० र के २० प्रोको गोल्ड प्लेटेड भर्सनको मूल्य ४ लाख ८० हजार भारु अर्थात करिब ८ लाख रुपैयाँ तोकिएको छ ।
यी दुई स्मार्टफोनको बेस फोनमा ६.३९ इन्चको एमोलेड डिस्प्ले छ भने इन डिस्प्ले फिंगरप्रिन्ट, ४८ मेगापिक्सेलसहितको ट्रिपल क्यामरा रहेको छ भने ४,००० एमएएचको ब्याट्री प्याक रहेको छ ।
के२० प्रो फोनमा स्न्यापड्रागन ८५५ चीपसेट छ भने के२० मा स्न्यापड्रागन ७३० राखिएको छ । एजेन्सी
प्रकाशित: १ श्रावण २०७६, बुधबार