Technology Khabar १ श्रावण २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । आज जुलाई १७ अर्थात विश्वभर ‘वर्ल्ड इमोजी डे’ मनाईरहेका छन् । यहि वर्ल्ड इमोजी डेको अवसर पारेर एप्पल र गूगलले नयाँ इमोजी लन्च गरेका छन् । कम्पनीहरुले नयाँ इमोजी आफ्ना नयाँ अपरेटिंग सिस्टममा आगामी दिनमा उपलब्ध हुनेगरी लन्च गरेको घोषणा गरेका हुन।
दुबै कम्पनीहरुले करिब ६० वटा नयाँ इमोजी ल्याएका छन् जसमध्ये एप्पलले जोडी युवायुवतीको इमोजी पहिलो पटक आएको छ । यो जोडीले एक आपसमा हात समातेका छन भने उनीहरुको अनुहार पनि जातीय विभेदलाई हटाउने किसिमले बनाईएको छ ।
एप्पलले पहिलो पटक अपांगहरुलाई दर्शाउने अपांगमैत्री इमोजीहरु पनि सार्वजनिक गरेको छ, जसमा ह्वीलचेयर, कानमा ईयरफोन प्रयोग तथा आँखा हेर्न नसक्ने समस्या तथा कृतिम खुट्टा तथा हात देखाईएको छ भने सेतो छडि दिएको मानिसको पनि इमोजी आएको छ ।
यसबाहेक कम्पनीले विभिन्न नयाँ जनावरहरु, खानेकुरा तथा लुगाहरुको इमोजी तयार पारेको छ । एप्पलका यी इमोजीहरु आईओएस, आइप्याड ओएस, म्याकओएस र वाच ओएसमा उपलब्ध हुनेछन् ।
गूगलले आफ्नो नयाँ अपरेटिंग सिस्टम एन्ड्रोयड क्यू का साथमा नयाँ इमोजीहरु यो वर्षको अन्त्यसममा लन्च गर्ने योजना लिएको छ । कम्पनीले ल्याएका नयाँ इमोजीमध्ये ५३ वटा लैंगिक मैत्री डिजाइनमा रहेका छन् ।
गूगलको नयाँ इमोजीहरुमा स्थल, ओटर सर्भिस डग, गाइड डकलगायत रहेका छन् । त्यसैगरि नयाँ खानेकुराहरु, तिहार मनाउने अवसरका लागि दियो ल्याम्प लगायतका रहेका छन् । गूगलले पनि अपांगमैत्री व्यक्तिहरुको लागि नयाँ इमोजी ल्याएको छ । जसमा सेतो छडि प्रयोगकर्ता, ह्वीलचेयर प्रयोगकर्ता, कान नसुन्ने, बोल्न नसक्नेलगायत कृतिम हात तथा खुट्टाका संकेतहरुसहितको इमोजी लन्च गरेको हो ।
प्रकाशित: १ श्रावण २०७६, बुधबार