भोडाफोन अस्ट्रेलियाले आफ्ना सेवाग्राहीलाई झुक्याएको ठहर, उपभोक्ताहरुको रकम फिर्ता गर्नुपर्ने

Technology Khabar ३१ असार २०७६, मंगलवार

भोडाफोन अस्ट्रेलियाले आफ्ना सेवाग्राहीलाई झुक्याएको ठहर, उपभोक्ताहरुको रकम फिर्ता गर्नुपर्ने
NTC_Advt

काठमाडौं । अस्ट्रेलियाको टेलिकम अपरेटर भोडाफोनले आफ्ना ग्राहकहरुलाई डाइरेक्ट बिलिंग सर्भिसमा झुक्याएको भन्दै प्रभावित ग्राहकहरुलाई रकम फिर्ता गर्नुपर्ने भएको छ ।

कम्पनीले हालै अस्ट्रेलियन कम्पिटिसन एण्ड कन्जुमर कमिसन(एसीसीसी)ले गरेको एक अनुसन्धानपछि प्रभावित ग्राहकहरुको रकम फिर्ता गर्ने अफर गरेको हो ।

एसीसीसीकाअनुसार भोडाफोनले एएसआईसी एक्ट सन् २०१५ देखि उलंघन गर्दै आएको देखिएको बताएको छ । जतिबेला कम्पनीले आफ्ना ग्राहकहरुलाई कन्टेन्टको बारेमा रकम तिर्ने प्रावधान राखेको थियो र त्यस्तो खरिदमा ग्राहकहरुले खरिद गर्न वा किन्नको लागि सहमत हुनुपर्ने जानकारी दिईएको थिएन् ।

भोडाफोनले तेस्रो पक्षले उत्पादन गरेका रिंगटोनहरु, गेम्स, डिजिटल कन्टेन्टहरु ग्राहकलाई बिक्री गरेबापत कमिसन लिने गरेको थियो र यसको लागि डिफल्ट कन्जुमर एकाउन्टमार्फत डाइरेक्ट बिलिंग सर्भिस दिईएको थियो ।
त्यस्तो खरिद एक वा दुई क्लिकमा नै हुने गरेको र त्यसको भुक्तानी ग्राहकहरुको अर्को भोडाफोन बीलमा लिने गरिएको एसीसीसीले बताएको छ ।

एसीसीसीका अध्यक्ष रोड सिम्सकाअनुसार हजारौं ग्राहकहरु सो गलत कार्यबाट प्रभावित भएका थिए ।

‘हाम्रा कम्पनीहरुले यो ध्यानमा राख्नुपर्नेछ, की उपभोक्ताहरुलाई झुक्याएर लिएको रकम पुन फिर्ता गर्नुपर्नेछ,’ उनले भने ।

उपभोक्ताहरुको अधिक गुनासो आएपछि भोडाफोनले सो सेवा २०१५ को मध्यदेखि हटाउन शुरु गरेको थियो । तर पनि सो वाचडग संस्थाकाअनुसार सन् २०१८ को मार्चसम्म पनि बिना कुनै आईडेन्टिटि भेरिफिकेसन ती सेवाहरु किन्न सकिने थियो ।

यो पछिल्लो घट्नाबाट अष्ट्रेलियाको वाचडग एसीसीसीले तीन ठूला टेलिकम अपरेटरहरुको गलत क्रियाकलापहरुलाई बाहिर ल्याएर जित हासिल गर्न सफल भएको छ ।

यसअघि एसीसीसीले अन्य टेलिकम अपरेटरहरु ओप्टस र टेल्स्ट्राबाट पनि सेवाग्राहीहरुको रकम फिर्ता गराएको थियो ।

स्रोत

प्रकाशित: ३१ असार २०७६, मंगलवार