स्मार्टफोन मेकर साओमीले चीप निर्माणमा लगानी गर्दै, भेरीसिलिकन होल्डिंङ्गसको शेयर खरिद

Technology Khabar ३१ असार २०७६, मंगलवार

स्मार्टफोन मेकर साओमीले चीप निर्माणमा लगानी गर्दै, भेरीसिलिकन होल्डिंङ्गसको शेयर खरिद
Classic Tech

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले लगातार चीप निर्माण आफ्नो लगानी बिस्तार गर्दै लगेको छ । साओमीले कम्पेट्रिओट चीप डिजाइनर भेरीसिलिकन होल्डिंङ्ग कम्पनी लिमिटेडको करिब ६ प्रतिशत शेयर लिएको छ ।

स्मार्टफोन मेकर कम्पनी साओमीले आफ्नो सफलता सेमीकण्डक्टर उद्योगमा पनि दोहोर्याउँदै आविश्कारहरुमा अगाडि बढ्ने लक्ष्य लिएको छ ।

यो लगानी आउनुमा चीनको सरकारले आगामी दिनमा आफ्नो देशलाई विभिन्न क्षेत्रहरुमा आत्मनिर्भर बनाउने उद्धेश्यले प्रेरित गरेको छ । चीनले मेड इन चाइना २०२५ अभियान संचालन गरिरहेको छ ।

चाइना सेक्यूरिटी कमिसनमा दर्ता गरिएको आवेदनअनुसार नयाँ जानकारी सार्वजनिक भएको हो ।

भेरीसिलिकनको सबैभन्दा ठूलो लगानीकर्ता चाइना इन्टिग्रेटेड सर्धिट इन्डष्ट्रि इनभेष्टमेन्ट फण्ड हो जसले केन्द्रितरुपमा राष्ट्रियस्तरको घरेलु सेमिकण्डक्टर उद्योगहरुमा लगानी गर्दै आएको छ । यो कम्पनीको मूख्य कार्यालय सांघाईमा छ नभे अमेरिकामा र चीनमा अनुसन्धान तथा विकासको काम गर्दछ ।

एक दशकअघिदेखि स्मार्टफोन निर्माणमा लागेको साओमी अहिले विश्वको चौथो ठूलो स्मार्टफोन बिक्रेता कम्पनी भएको छ । तर पनि कम्पनी अहिलेसम्म चीप निर्माणको क्षेत्रमा भने निकै पछाडि रहेको छ ।

कम्पनीले पहिलो पटक सन् २०१४ मा सेमिकण्डक्टर डिभिजन स्थापना गरेको थियो र त्यसको तीन वर्षपछि सिस्टम-अन-अ-चीप घोषणा गरेको थियो । तर अहिले फेरी कम्पनीले चीप डिभिजनलाई तिब्ररुपमा अगाडि बढाउने बताएको छ ।

चीनमा साओमी मात्र चीप निर्माणमा लागेको कम्पनी होईन्, ह्वावेले आफ्नै चीप निर्माण गरेर प्रयोग गरिरहेको छ भने अर्को कम्पनी अलिबाबाले पनि चीप उत्पादन गर्दैछ । एजेन्सी

TK Viber

प्रकाशित: ३१ असार २०७६, मंगलवार

Loading...