डिटिएस सेवा संचालन गरिरहेको टाटा स्काईले भारतमा ब्रोडब्याण्ड इन्टरनेट सेवा दिने

Technology Khabar ३० असार २०७६, सोमबार

डिटिएस सेवा संचालन गरिरहेको टाटा स्काईले भारतमा ब्रोडब्याण्ड इन्टरनेट सेवा दिने

काठमाडौं । छिमेकी मुलुक भारतमा डिटिएच सेवा दिँदै आएको टाटा स्काईले अब भारतभर ब्रोडब्याण्ड सेवा शुरु गर्ने भएको छ ।

भारतभर डाईरेक्ट टू होम सर्भिस दिईरहेको कम्पनीले शुरुवाती चरणमा २१ वटा शहरहरुमा डिटिएच सेवाका साथै ब्रोडब्याण्ड इन्टरनेट सेवा शुरु गर्न लागेको हो । कम्पनीले यूजर्सलाई ब्रोडब्याण्डअन्तरगत अनलिमिटेड डाटा प्लान अफर समेत शुरु गरेको छ ।

टाटा स्काईले अर्को टेक कम्पनी जियोले गीगा फाइबर संचालन गर्ने तयारी गर्ने निर्णय गरेसँग ब्रोडब्याण्ड सेवा शुरु गर्न लागेको हो । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कम्पनी रिलायन्स जियो गीगा फाइबरले छिटै वाईफाई, केबल र ल्याण्डलाइन सेवा शुरु गर्दैछ् ।

यसैलाई ध्यानमा राखेर टाटा स्काईले भारतमा न्यूनतम ५९० भारुदेखि नै आफ्नो ब्रोडब्याण्ड सेवा दिने भएको छ । कम्पनीले ५९० भारुमा १६ एमबिपिएसको स्पीडका साथ एक महिनाको अनलिमिटेड डाटा उपलब्ध गराउने छ । यो सेवा भने सिमित शहरहरुमा मात्र उपलब्ध गराउने बताईएको छ ।

यसका साथै ग्राहकहरुले १२ महिनासम्मको अनलिमिटेड डाटा प्लान पनि छनौट गर्न सक्नेछन् । यसमा कम्पनीले अनलिमिटेड डाटाको प्लान शहरअनुसार फरक फरक तोकेको छ ।

सबैभन्दा सस्तो ब्रोडब्याण्ड अनलिमिटेड प्लान ५९० भारुमा अहमदाबादमा रहेको छ । त्यसबाहेक कम्पनीले २५ एमबिपिएस, ५० एमबिपिएस, ७५ एमबिपिएस र १०० एमबिपिएसको स्पीड प्लान पनि अफर गरेको छ । १०० एमबिपिएसको स्पीडको लागि ग्राहकहरुले मासिक १३ सय भारु तिर्नुपर्ने हुन्छ ।

अनलिमिटेड डाटा प्लानमा भने १, ३ र ९ महिनाको अफर छ भने फिक्स्ड प्लानमा १०० जीबी र ३०० जीबीको अफर राखिएको छ ।
टाटा स्काईकाअनुसार सो मूल्यमा कम्पनीले वाईफाई राउटर निशुल्क दिने बताईएको छ । एजेन्सी

प्रकाशित: ३० असार २०७६, सोमबार

Comments are closed.

Loading...