साइन रेसुंगा डेभलपमेन्ट बैंक र खल्ती बीच डिजिटल भुक्तानीका लागि सम्झौता

Technology Khabar ३० असार २०७६, सोमबार

साइन रेसुंगा डेभलपमेन्ट बैंक र खल्ती बीच डिजिटल भुक्तानीका लागि सम्झौता
Classic Tech
Nepal Telecom

काठमाडौं । ‘साइन रेसुंगा डेभलपमेन्ट बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

साइन रेसुंगा डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमोद पौडेल र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले सोमबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस सम्झौता अनुसार अब साइन रेसुंगा डेभलपमेन्ट बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

TK Viber

प्रकाशित: ३० असार २०७६, सोमबार

Comments are closed.

Loading...