अशोक लेलैण्डको “मेगा मनसुन फ्रि चेकअप क्याम्प अफर”

Technology Khabar ३० असार २०७६, सोमबार

अशोक लेलैण्डको “मेगा मनसुन फ्रि चेकअप क्याम्प अफर”

काठमाडौं ।

काठमाडौं । आइएमई. ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले “मेगा मनसुन फ्रि चेकअप क्याम्प अफर” देशभर आफ्ना १३ आउटलेट्सहरुमा लागु हुने गरी ग्राहकहरु माझ ल्याएको छ ।

सो योजना अन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै फ्रि चेकअप क्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पार्टसमा ५ प्रतिशत, ल्युबमा १० प्रतिशत, लेबर शुल्क, ३० प्रतिशत साथै ३० प्रतिशत च्यासिस ग्रीजिंगमा छुट उपलब्ध गराउने कम्पनीले बताएको छ ।

फ्रि चेकअप क्याम्प दौरान ग्राहकवर्गहरुले आकर्षक उपहारका साथै सुरक्षित ड्राईभिङ सम्बन्धि जानकारी लिन सक्नेछन् । यी अफरहरु साथै निःशुल्क वासिङ्ग, ४५ चेक पोइट्स तथा बम्पर देखि बम्पर चेकअप सहित अन्य फाइदाहरु हुनेछन् ।

यस योजना अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कर्मसियल भेइकल्सका कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ । यो योजना नेपाल अधिराज्यभरी असार ३० गते देखि साउन ५ गतेसम्म मात्र लागु हुनेछ र साथै सर्भिसिङ्गमा छुट कुपनहरु भदौ ५ गतेसम्म लागु हुनेछ ।

आइएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथसाथै यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।

३ वर्षको अन्तरालमा यस आइएमई मोटर्सले देशभर १४ वटा आउटलेट्स खोलेर ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ३० असार २०७६, सोमबार

ताजा समाचार