नेपाल टेलिकमको ‘फाइबर टु दी होम’ सेवा बागलुङमा शुरु, ६ सय घरमा फाइबर तार र डिभाइस पुग्यो

Technology Khabar ३० असार २०७६, सोमबार

नेपाल टेलिकमको ‘फाइबर टु दी होम’ सेवा बागलुङमा शुरु, ६ सय घरमा फाइबर तार र डिभाइस पुग्यो

काठमाडौं । नेपाल टेलिकमले बागलुङमा ‘फाइबर टु दी होम’ सेवा शुरु गरेको छ। बागलुङका बासिन्दाहरुलाई गुणस्तरीय र द्रुत गतिको इन्टरनेट तथा फोन सेवा पुर्‍याउने उद्देश्यले ‘फाइबर टु दी होम’ सुरु गरेको हो।

हाल प्रयोग भइरहेको पुरानो कपर प्रविधि (तामाका तार) हटाई पूर्णतः फाइबर तारको प्रयोगमार्फत एफटिटिएच सेवा दिईने टेलिकमका नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले बताएका छन् ।

टेलिकमकाअनुसार दैनिक करिब १० जनाले एफटिटिएच सेवा जोडिरहेकाछन भने कम्पनीले पुरानो प्रविधिलाई पूर्णरुपमा हटाउने तयारी गरेको टेलिकम बागलुङका प्रमुख शर्मालाई उदृत गरिएको समाचारमा उल्लेख छ ।

पुरानो प्रविधिको कपर (तामाको तार)को प्रयोग गर्दा धेरै प्रकारका तार टाँग्नुपर्ने, इन्टरनेटको गति कम हुनेलगायतका समस्याको अब अन्त्य हुने शर्माको भनाइ छ ।

हाल तामाको तारमार्फत जडिट एडिएसएल इन्टरनेट सेवा ५ एमबिपिएस गतिसम्म मात्र चल्न सक्ने भएकोमा नयाँ फाइबर प्रविधिको जडान पछि सेवाग्राहीले आफुलाई आवश्यक प्याकेजअनुसार आठ एमबिपिएसदेखि ५५ एमबिपिएस गतिको इन्टरनेट सेवा लिन सक्ने टेलिकमको भनाई छ।

फाइबर जडानपछि पुरानो प्रविधिमा प्रयोग भइरहेका आठ वटा तार विस्थापित भई एउटा मात्र तार प्रयोग हुनेछ । अनावश्यक तारहरु हटाउँदा बजारपनि सुन्दर देखिने शर्माले दावी गरे। फाइबर सेवाका लागि आवश्यक नयाँ डिभाइस पनि टेलिकमले नै उपलब्ध गराउने शर्माले बताए।

टेलिकमअन्तर्गत बागलुङमा करिब २४ सय सक्रिय पुराना सेवाग्राही रहेकोमा ६ सयको घरमा फाइबर तार र डिभाइस पुर्‍याइसकिएको शर्माले बताए।

सम्पूर्ण पुराना सेवाग्राहीलाई फाइबर सेवामा जोड्न आवश्यक योजनाका साथ सम्वन्य गर्दै अगाडी बढिएको र त्यसका लागि केही समय लाग्ने टेलिकमले जनाएको छ।

पछिल्ला दिनहरुमा नेपाल टेलिकमले तिब्ररुपमा नेपालभर एफटिटिएच सेवा बिस्तार गर्दै लगेको छ ।

माध्यम

प्रकाशित: ३० असार २०७६, सोमबार

Comments are closed.

Loading...