एप्पल पार्कको मूल्यांकन ४ बिलियन अमेरिकी डलर, विश्वको मूल्यवान भवनहरुमध्ये एकमा पर्यो

Technology Khabar ३० असार २०७६, सोमबार

एप्पल पार्कको मूल्यांकन ४ बिलियन अमेरिकी डलर, विश्वको मूल्यवान भवनहरुमध्ये एकमा पर्यो

काठमाडौं ।

काठमाडौं । एप्पलको कुपर्टिनोमा रहेको स्पेसशिप क्याम्पसको मूल्यांकन ४ बिलियन अमेरिकी डलर गरिएको छ । कम्पनीको सो प्रोपर्टिको मूल्यांकन सान्ता क्लारा काउन्टिको मूल्यांकनकर्ताहरुले गरेका हुन्।

एप्पल क्याम्पसको यो मूल्यांकन यसअघिको प्रोपर्टि ट्याक्सलाई छल्नका लागि गरिएको गतिबिधिलाई रोक्न गरिएको हो ।

मूल्यांकनकर्ताहरुका अनुसार एप्पल पार्क आफैंले ३.६ बिलियन डलर मूल्या प्राप्त गर्न सक्दछ भने यसबाहेक कम्प्यूटरहरु, फर्निचर, ग्राउण्ड मर्मत उपकरण,लगायतले गर्दा सो मूल्यांकन बढेर ४.१७ बिलियन अमेरिकी डलर पुग्दछ ।

सान्ता क्लारा काउन्टिका उप मूल्यांकनकर्ता डेभिड गिन्सबर्गकाअनुुसार एप्पल पार्कको मूल्यांकन गर्नु निकै चुनौतीजन्य काम रहेको थियो किनकी त्यहाँ हरेक वस्तु विशेषरुपमा बनाईएका थिए ।

सो स्थानमा भएका विशेष डिजाइनका रिंगहरु, विशेष डिजाइनका टायलहरु र मोहाभे डेजर्टबाट ल्याईएका पाइनहरुलगायत हरेक वस्तुहरु कस्टम डिजाइनका थिए, तर अन्त्यमा त्यो एउटा कार्यालयको भवन हो, त्यसैले हामीले त्यसमा नम्बर लगायौं, उनले भने ।

यो मूल्यांकनसँगै एप्पललाई विश्वको सबैभन्दा मूल्यबान भवनमध्ये एक कार्यालय भवन भएको कम्पनीको रुपमा परिचित गराएको छ । यसअघि वल्र्ड ट्रेड सेन्टर, १५ बिलियन डलर भएको अबराज अल बैट टावरहरु र साउदी अरबमा भएको १०० बिलियन ग्रेट मक्स अफ मक्कालगायतको तुलनामा यो आएको छ ।

एप्पलले वार्षिकरुपमा १ प्रतिशत प्रोपर्टि ट्याक्स तिर्नुपर्ने हुन्छ जून यो वर्ष ४० मिलियन डलर हुनेछ । अझ कम्पनीले यो भन्दा बढि रकम तिर्नुपर्ने हुनसक्ने बताईएको छ ।

एप्पलले तिरेको प्रोपर्टि ट्याक्समध्ये १५ प्रतिशत स्थानिय प्राथमिक स्कूललाई फण्डको रुपमा जान्छ भने बाँकि १५ प्रतिशत फायर डिपार्टमेन्टलाई दिईन्छ । कुपर्टिनो आफैंले भने डिस्क्रीसनरी स्पेन्डिंगको लागि ५ प्रतिशत प्राप्त गर्दछ ।

यसअघि नै एप्पलले कुपर्टिनोसँग सो एप्पल पार्क बनाउँदा नै ५.८५ मिलियन डलर अफोर्डेबल हाउजिंगको लागि र ७५ मिलियन डलर सिटी इन्फ्रास्ट्रक्चर तथा ट्राफिकको लागि लगानी गरेको थियो । एजेन्सी

Global Bank
easy care

प्रकाशित: ३० असार २०७६, सोमबार

ताजा समाचार