चिनियाँ ब्राण्ड अनरले एक्स सिरिजको लागि ट्रेडमार्क सुरक्षित गर्दै

Technology Khabar ३० असार २०७६, सोमबार

चिनियाँ ब्राण्ड अनरले एक्स सिरिजको लागि ट्रेडमार्क सुरक्षित गर्दै

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड अनरले आफ्नो नयाँ स्मार्टफोन अनर ९एक्स (Honor 9X) चीनमा लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले यहि जुलाई २३ मा नयाँ स्मार्टफोन बजारमा ल्याउँदैछ ।

तर यो ब्राण्डले आगामी १० वर्षका लागि एक्स सिरिजमा मिड रेन्जका स्मार्टफोनहरु ल्याउन अहिले नै तयार भएको छ ।

हालै आएको रिपोर्टअनुसार कम्पनीले अनर १० एक्स, अनर २० एक्स, अनर ३० एक्स, अनर ४० एक्स र अनर ५० एक्सको ट्रेडमार्क लिनका लागि विश्वभर विभिन्न इन्टेलेक्चूअल प्रोपर्टि अर्गनाइजेसन्समा आवेदन दिएको छ । ह्वावेको सब ब्राण्डको रुपमा आएको अनरले आफ्नो व्यवसायलाई आगामी दिनहरुमा पनि सुनिश्चित गर्नको लागि र ब्राण्डलाई सुरक्षित गर्नको लागि पनि सो कदम चालेको बताईएको छ ।

यसका साथै केहि दिनमा सार्वजनिक हुने अनर ९एक्सको सक्सेसरको नाम अनर १०एक्स हुनेछ । अहिलेसम्म सो ट्रेडमार्कको अनुमति कम्पनीले नपाएको भएपनि छिटै प्राप्त गर्ने अनुमान गरिएको छ ।

कम्पनीले ल्याउन लागेको अनर ९एक्स स्मार्टफोनमा ७ नानोमिटरको सिलिकोन किरिन ८१० चीपसेट प्रयोग हुनेछ । यसमार्फत अहिले चलनचल्तिमा रहेको पपअप क्यामरालाई अनरले पहिलो पटक आफ्नो स्मार्टफोनमा प्रयोग गर्नेछ । त्यस्तै यसमा ट्रिपल क्यामरा सिस्टम हुने अपेक्षा भने अनर ९एक्स प्रोमा ड्यूल क्यामरा सिस्टम हुनसक्नेछ ।

Global Bank
easy care

प्रकाशित: ३० असार २०७६, सोमबार

ताजा समाचार