साओमीको ए सिरिजका स्मार्टफोन एमआई ए३ र ए३ लाइट भर्सन आउँदै, यस्ता छन् फीचरहरु

Technology Khabar २९ असार २०७६, आईतवार

साओमीको ए सिरिजका स्मार्टफोन एमआई ए३ र ए३ लाइट भर्सन आउँदै, यस्ता छन् फीचरहरु

काठमाडौं ।

काठमाडौं । एन्ड्रोयड वानमा आधारित साओमीको एमआई ए २ को सक्सेसर स्मार्टफोन आउने भएको छ । कम्पनीले साओमी एमआई ए ३ (Xiaomi Mi A3) स्मार्टफोन लन्च गर्ने तयारीमा रहेको छ ।

साओमीको सो नयाँ फोनको केहि लाइभ पिक्चरहरु सार्वजनिक भएका छन् । यो स्मार्टफोन कम्पनीले सबैभन्दा पहिलो पोल्याण्डमा जुलाई २५ मा सार्वजनिक गर्ने रिपोर्टहरु आएका छन जसमा एमआई ए ३ लाइट भर्सन पनि साथै लन्च हुनेछ ।

साओमीको यो स्मार्टफोनमा स्न्यापड्रागन ६६५ चीपसेट प्रयोग गरिएको छ भने एड्रेनो ६१० जीपीयू राखिएको छ । फोनमा ६.०८ इन्चको फूलएचडी प्लस एमोलेड डिस्प्ले राखिएको छ भने त्यसलाई कोर्निंग गोरिल्ला ग्लास ५ द्धारा सुरक्षित बनाईएको छ ।

साओमी एमआई ए ३ स्मार्टफोन ४ जीबी र ६ जीबी र्यामका साथै ६४ जीबी र १२८ जीबी स्टोरेजका साथ हुनेछ भने त्यसलाई २५६ जीबीसम्म बढाउन सकिने छ ।

फोनमा हाईब्रिड ड्यूल सिम ट्रे रहनेछ भने एन्ड्रोयड वानमा आधारित एन्ड्रोयड पाईमा संचालन हुनेछ।

फोटोग्राफीका लागि फोनमा ४८ मेगापिक्सेलको रियर क्यामरा तथा ३२ मोगपिक्सेलको फ्रन्ट फेसिंग क्यामरा हुनेछ ।

यसमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सरका साथै ३.५ एमएमको अडियो ज्याक, इन्फ्रारेड सेन्सर हुनेछ ।

पावरका लागि साओमी एमआई ३ मा ४०३० एमएएच ब्याट्री प्याकका साथमा १८ वाटको फास्ट चार्जिंग सपोर्ट राखिनेछ।

रिपोर्टहरुका अनुसार साओमी एमआई ए ३ सिरिज कम्पनीले चीनमा लन्च गरेको एमआई सीसी ९ईको ग्लोबल भर्सनको रुपमा आउने बताईएको छ ।

माध्यम

Global Bank
easy care

प्रकाशित: २९ असार २०७६, आईतवार

ताजा समाचार