एप्पलको आइफोन सिक्स हातमै हुँदा आगो लाग्यो, प्रयोगकर्ता बालिका भने सुरक्षित

Technology Khabar २९ असार २०७६, आईतवार

एप्पलको आइफोन सिक्स हातमै हुँदा आगो लाग्यो, प्रयोगकर्ता बालिका भने सुरक्षित

काठमाडौं ।

काठमाडौं । मोबाइल फोनहरु बेलाबेलामा पड्किने, आगो लाग्ने लगायतका समाचार बेलाबेलामा आई नै रहन्छन् । केहि दिनअघि मात्र नेपालमा नै चार्जमा राखेको मोबाइलबाट करेन्ट लागेर झापामा एक बालकको मृत्यु भएको समाचार आएको थियो ।

अहिले भने एप्पलको आइफोन नै पड्किएर आगो लागेको रिपोर्ट आएको छ ।

अमेरिकाको क्यालिफोर्निया बस्ने ११ वर्षिय बालिकाको आइफोन सिक्समा आगो लागेको छ । कायला रामोस नामक ति बालिकाले आफ्नो हातमा सो आइफोन भएको बेला स्पार्क भएको र त्यसलाई कोठाको भूँईमा फाल्नुपरेको बताईन् ।

सो आइफोन सिक्समा आगो लाग्दा त्यसले उनको कोठाको ब्ल्यांकेटमा प्वाल पारेको छ । उनकाअनुसार सो आइफोन उनी केबल यूट्यूब भिडियोहरु हेर्न प्रयोगगर्ने गर्दथिन् । त्यसैगरि उनको भाईले त्यसमा गेम खेल्ने गर्दथे ।

म तल बसिरहेको थिएँ र मेरो हातमा आइफोन थियो, त्यसैबेला सो फोनमा केहि उडिरहेको जस्तैगरि झिल्काहरु आयो र मैले त्यसलाई ब्ल्यांकेटमाथि तत्काल फ्याँके, उनले भनिन् ।

कायलाकी आमाले एप्पलसँग सम्पर्क भएको र सो आइफोन सर्भिस सेन्टरमा पठाउने निर्देशन दिएको जानकारी दिईन् । एप्पलले सो परिवारलाई नयाँ फोन दिने भएको र सो विस्फोटको कारणको छानबिन गर्ने भएको बताईएको छ ।

एप्पलले सामान्यतया विभिन्न कारणहरुले आइफोनमा आगो लाग्ने बताउने गरेको छ । जसमा अनधिकृत चार्जिंग केबलहरु र अन्य बजारमा गरिने रिपेयर पनि हुन् । तर रामोसको परिवारले भने यस्तो कुनै काम आइफोन सिक्समा नभएको बताएको छ ।

आइफोनमा आगो लागेको यो पहिलो घट्ना भने होईन् ।

माध्यम

easy care

प्रकाशित: २९ असार २०७६, आईतवार