होम राउटर ह्याक गरेर यूजरको बैंकिङ्ग जानकारी चोरिँदै, ब्राजिलमा १ लाख बढि राउटर ह्याक

काठमाडौं । ब्राजिलियन यूजरहरुले विगत एक वर्षदेखि नयाँ किसिमको राउटर अट्याकको सामना गरिरहेका छन जून यसअघि विश्वभर कहिँ देखिएको थिएन ।

यो आक्रमण अन्तिम यूजरहरुले देख्न नसकिने किसिमको छ भने फरक फरक व्यवहार देखाउनुका साथै, ह्याक भएका यूजर्सको वित्तिय जानकारीहरु सिधै चोर्न सक्ने किसिमको छ ।

ब्राजिलमा राउटरहरुमा भएको यस्तो अट्याक विश्वभर रहेका अन्य यूजर्स र आईएसपीहरुको लागि सचेत हुने माध्यम पनि हुनसक्नेछ । जसले गर्दा यो आक्रमण विश्वभर फैलनुभन्दा पहिले नै डिभाइसहरुलाई सुरक्षित बनाएर पूर्वसचेत हुन सकियोस् ।

पहिलोपटक साइबरसेक्यूरिटी फर्म र्याडवेयरले पत्ता लगाएको सो आक्रमण ब्राजिलमा गत गर्मीको मौसमदेखि देखिएको थियो । त्यसैगरि नेटल्याबले पनि त्यसमा थप अनुसन्धान गरेको थियो । यी दुबै कम्पनीहरुले कसरी साइबर अपराधीहरुको समूहले ब्राजिलका घरमा रहेका १ लाख भन्दा बढि राउटरहरुलाई प्रभावित पारेर डिएनएस सेटिंगलाई मोडिफाईड गरे भनेर बताएका छन् ।

प्रयोगकर्ताहरुले जतिबेला तोकिएका ब्राजिलियन बैंकहरुमा ई बैंकिंगको लागि एक्सेस गर्दछन्, त्यसबेला त्यस्तो मोडिफिकेसनले ती राउटरहरुले प्रभावित यूजरहरुलाई मालिसियस क्लोन वेबसाइटहरुमा लैजान्छ ।

यस्तै किसिमको अट्याक यसअघि पनि देखिएको थियो । अप्रिल २०१९ मा थ्रेट इन्टेल फर्म ब्याड प्याकेट्सले यो गतिबिधिको जानकारी दिएको थियो । तर अहिलेको आक्रमण भने डि लिंकका राउटरहरुको विरुद्धमा लक्षित रहेको देखिन्छ भने ब्राजिलियन आईएसपीहरुलाई पनि असर पारिरहेको छ ।

ह्याकरहरुले यूजरहरुले हेरेका ब्राजिलियन बैंकहरुको जानकारी लगिरहेका छन भने उनीहरुले नेटफ्लिक्स, गूगल, पेपाललगायतका नक्कलि वेबसाइटहरुमा लगिरहेका छन जहाँबाट उनीहरुले प्रयोगकर्ताहरुको गोप्य जानकारीहरु संकलन गर्ने गर्दछन् ।

आभास्टले यो साता सार्वजनिक गरेको रिपोर्टअनुसार यी आक्रमणहरु रोकिएका छैनन् । सन् २०१९ को पहिलो अर्ध वार्षिकमा ह्याकरहरुले ब्राजिलका १ लाख ८० हजार भन्दा बढि राउटरहरुको डिएनएस सेटिंगलाई मोडिफाईड गरेका थिए ।

आभास्टका अनुसन्धानकर्ताहरु डेभिड जुर्सा र एलेक्जेज साभिनकाअनुसार अधिकांश ब्राजिलियन यूजरहरु जसको होम राउटर ह्याक भएका थिए उनीहरुले स्पोर्टस, मूभी स्ट्रीमिंग साइटहरु अथवा एडल्ट पोर्टलहरु हेरेका थिए । एजेन्सी

Cheap Sex Cam Website

Leave a Reply