सामसंग ग्यालेक्सी नोट १०का साथमा कम्पनीले नोइज क्यान्सिलेसन हेडफोनहरु ल्याउनसक्ने

Technology Khabar २९ असार २०७६, आईतवार

सामसंग ग्यालेक्सी नोट १०का साथमा कम्पनीले नोइज क्यान्सिलेसन हेडफोनहरु ल्याउनसक्ने

काठमाडौं ।

काठमाडौं । सामसंगको नयाँ फ्ल्यागशिप यहि अगस्टमा लन्च हुने निर्धारित भईसकेको छ । जसको बारेमा विभिन्न रिपोर्टहरु आईरहेका छन् ।

नोट सिरिज उच्चस्तरको स्मार्टफोन हो । यो स्मार्टफोनले सामसंगको आफ्नो बजारलाई अझ अगाडि बढाउन मद्धत मिल्ने अनुमान गरिएको छ । त्यसैले पनि सामसंग ग्यालेक्सी नोट १० लाई बहुप्रतिक्षित फोनको रुपमा लिईएको छ ।

हालै सामसंगको ग्यालेक्सी नोट १० सिरिजका फोनहरु नोट १० र नोट १० प्लसमा हुने फीचरहरुको बारेमा नयाँ जानकारी आएको छ ।

नयाँ जानकारीअनुसार ग्यालेक्सी नोट १० मा संभवत ३.५ एमएम अडियो ह्याक नहुने संभावना अधिक रहेको छ । फोनमा यूएसबी टाइप इ इन्टरफेस हुनेछ ।

यसअघि आएका जानकारीअनुसार नोट १० सिरिजमा कम्पनीले नयाँ नोइज क्यान्सिलेसन यूएसबी टाइप सी ईयरफोन ल्याउन सक्ने गरि काम गरिरहेको बताईएको छ । तर सो हेडफोन एकेजीको ब्राण्डमा छुट्टै हुनेछ वा ग्यालेक्सी एस १० को बक्समा नै हुनेछ ।

अहिलेको नोट ९ सिरिजमा भने एकेजीको ईयरफोन नै उपलब्ध रहेको छ ।

हालै सामसंगको ग्यालेक्सी नोट १०को रेण्डर लीक भएको छ । सो तस्विरमा नयाँ रियर क्यामरा लेआउट राखिएको देख्न सकिन्छ । त्यसैगरि

तीनवटा सेन्सरहरु फोनमो माथिल्लो मध्यभागबाट माथिल्लो देब्रे स्थानमा लगिएको छ । यसको तलको भागमा एउटा मात्र स्पीकर रहेको छ भने एस पेन होल पनि हेर्न सकिन्छ ।

easy care

प्रकाशित: २९ असार २०७६, आईतवार