अपडेट: बाढिपहिरो गएका जिल्लाहरुमा विद्युत सेवा उपलब्ध नहुँदा दूरसंचार सेवा बन्द

काठमाडौं ।  शुक्रबारदेखि परेको अविरल बर्षाले देशका विभिन्न स्थानहरूमा दूरसंचार सेवा अवरूद्व भएको छ ।

अपडेटः अविरल बर्षाका कारण देशका तराईका र पहाडी केहि जिल्लाहरुमा अवरूद्व दूरसंचार सेवा अझै सुचारु हुन सकेको छैन् ।

भारी वर्षाभएपछि केहि जिल्लाहरुमा बाढि र पहिरो आउँदा विद्युत सेवा बन्द हुँदा त्यसको प्रत्यक्ष असर दूरसंचार सेवामा देखिएको छ ।

दूरसंचार सेवा अवरूद्व भएका जिल्लाहरुमा केहि स्थानमा सेवा सुचारु भएपनि केहि जिल्लाहरुमा भने अझै समस्या रहेको छ ।

ओखलढुङ्गा, खोटाङ्ग, धनकुटा, सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, रौतहट, जनकपुरलगायतका जिल्लाहरुमा वाढि पहिरोका कारण विद्युत आपूर्ति हुन नसक्दा दूरसंचार सेवाहरु ठप्प भएका छन् ।

केहि जिल्लाहरुमा अप्टिकल फाइबर नै काटिएकोमा जनकपुरमा सेवा सुचारु  भईसकेको छ भने अझै केहि जिल्लाहरुमा दूरसंचार सेवा सुचारु गर्न समय लाग्न सक्ने नेपाल दूरसंचार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले जानकारी दिए ।

‘रातुखोलामा आएको बाढिले अप्टिकल फाइबर बगाएको छ भने रौतहटलगायतका केहि जिल्लामा पानीको स्तर नघटेसम्म तत्काल सेवा सुचारु गर्न कठिन छ,  निर्देशक घिमिरेले भने ।

दूरसंचारका टावरहरु सबै ठिक भएपनि विद्युत आपूर्ति नहुँदा सेवा संचालनमा कठिनाई उत्पन्न भएको र अन्य विकल्प अपनाउन पनि पानीको स्तर घट्नुपर्ने उनको भनाई थियो ।

विशेषगरि प्रदेश नं १ र प्रदेश नं २ मा दूरसंचार सेवा बन्द जस्तै रहेको नेपाल दूरसंचार प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका कार्यबाहक अध्यक्ष पुरूषोत्तम खनालले अहिले केहि स्थानमा सेवा सुचारू भएको जानकारी दिए । ‘बर्षाले १ र २ प्रदेशमा दूरसंचार सेवा पुरै ठप्प भएकोमा अहिले केहि स्थानमा भने सुचारू गर्नसकिएको छ । पानी जम्दा झनै समस्या भयो,’ उनले भने ।

हाल नेपाल टेलिकमका ५०० भन्दा बढि टावरमा क्षति पुगेको र एनसेलको करिब ३०० वटा टावरमा क्षति पुगेको बताईएको छ ।

विशेषगरी तराईका जनकपुर, रौतहट, सर्लाही जिल्लाहरूमा बढि असर देखिएको छ ।

हाल केहि ठाउँका अप्टिकल फाईबर जोडिएको र केहि स्थानमा जोड्ने काम भईरहेको प्रधिकरणको भनाई छ ।धेरैजसो ठाउँमा अप्टिकल फाईबर नै वाढिले बगाएको हुँदा सेवा सुचारू गर्न अझै केहि दिन लाग्ने दूरसंचार प्राधिकरणले जनाएको छ ।

 

 

 

 

Leave a Reply