फक्सवागनद्धारा सेल्फ ड्राइभिंग भेहिकल विकास गर्न २.६ बिलियन डलर लगानी

काठमाडौं । फक्सवागन एजीले फोर्ड मोटर कम्पनीको एर्गो एआई सेल्फ ड्राइभिंग यूनिटमा २.६ बिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ । कम्पनीले शुक्रबार सो लगानीको घोषणा गर्दै दुईवर्ष पुरानो पिट्सबर्गमा रहेको स्टार्टअप कम्पनी यो क्षेत्रको महत्वपूर्ण कम्पनी भएको छ ।

फक्सवागनले एर्गोमा १ बिलियन अमेरिकी डलर नगद लगानी गर्दै यूरोपियन सेल्फ ड्राइभिंग यूनिटमा योगदान गर्नेछ जसको मूल्यांकन १.६ बिलियन डलर रहेको छ । अटोनोमस भेहिकल सेक्टरको सबैभन्द ठूलो मूल्यांकन गर्दै एर्गोको मूल्य ७ बिलियन डलर भन्दा माथि गएको छ ।

फक्सवागलने फोर्डबाट एर्गोको शेयरहरु किन्न अर्को ५०० मिलियन डलर लगानी गर्नेछ, जून एर्गोको महत्वपूर्ण स्टेक होल्डर हो । त्यसपछि फक्सवागन र फोर्डसँग एर्गोको माइनोरिटी स्टेक हुनेछ भने एर्गोका संस्थापकहरु ब्रायन सालेस्की र पिटर र्याण्डर एर्गोका कर्मचारीहरुको रुपमा काम गर्नेछन् ।

नयाँ लगानीसँग फक्सवागन र फोर्ड प्रत्येकले एर्गोको बोर्डमा २ सिट हासिल गर्नेछन भने प्रत्येकले ३० प्रतिशत भोटिंग अधिकार प्राप्त गर्नेछन् । एर्गोले भने ३ सिट हासिल गर्नेछ जसले ४० प्रतिशतको अधिकार राख्नेछ ।

फोर्डले यसअघि नै एर्गोमा ५ वर्षका लागि १ बिलियन डलर लगानी गर्न सहमत जनाईसकेको थियो ।

फोर्ड र फक्सवागनको एर्गोसँगको सहकार्यले सन् २०२१ सम्ममा अटोनोमस कार संचालन गर्ने महत्वाकांक्षी योजनालाई तिब्रगतिमा विकास गर्न सहयोग गर्नेछ । एर्गोले अल्फाबेटको वेमो तथा जनरल मोटर्सको क्रुज अटोमेसनसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । एजेन्सी