टि-मोबाइलद्धारा ६०० मेगाहर्ज ब्याण्डमा क्वालकमको मोडेमसहित ५जी फोनकलको सफल परीक्षण

काठमाडौं । अमेरिकाको टि मोबाइल कम्पनीले ५जी रोलआउटमा नयाँ सफलता हात पारेको छ । कम्पनीको वासिंगटन ल्याबोरटरीमा क्यारियर कम्पनी टि मोबाइलले क्वालकम र एरिक्सनसँगको सहकार्यमा पहिलो पटक ५जी डाटा फोन कल गर्न सफल भएको घोषणा गरेका छन् ।

यो सफलतामा एरिक्सनको ५जी रेडियो सिस्टमका साथमा क्वालकमको एक्स५५ फाइभजी मोडल कन्जक्सनको रुपमा प्रयोग गरिएको थियो भने टि मोबाइलको ६०० मेगाहर्ज ब्याण्ड प्रयोग भएको थियो ।

यो परीक्षण महत्वपूर्ण हुनुको कारण यो पनि हो की यसमा कमर्शीयल मोडेम प्रयोग भएको थियो । क्वालकम एक्स५५ मोडेम ५जी मोडेमको दोस्रो पुस्ता हो जून अहिले ५जी स्मार्टफोनहरुमा प्रयोग हुँदै आएको छ ।

वर्तमानमा टि मोबाइलको एक्सटेण्डेड रेन्ज एलटिईलाई ब्याण्ड ७१ को प्रतिरुप मानिन्छ । कम्पनीले यो स्पेक्ट्रमको लागि ८ बिलियन अमेरिकी डलर खर्च गरेको थियो । अन्य उच्च फ्रिक्वेन्सी ब्याण्डहरुको तुलनामा यसबाट ग्राहकहरुलाई केन्द्रित गर्न र लामो दूरीका लागि प्रयोग गर्न फाइदाजनक छ ।

यसबेला टि मोबाइलसहित अन्य क्यारियर कम्पनीहरुले अमेरिकामा २४ गीगाहर्ज र त्यो भन्दा माथि माइक्रोवेभ स्पेक्ट्रममा ५जी नेटवर्क परीक्षण तथा रोलआउट गरिरहेका छन् । टि मोबाइलको ६०० मेगाहर्ज लो ब्याण्ड स्पेक्ट्रममा ५जी एक्सेस प्वाइन्टहरु धेरै राख्न सकिँदैन् ।

अहिलेको परीक्षणपछि हुने सलुसनले शहरोन्मुख र ग्रामीण क्षेत्रहरुमा अधिक उपयुक्त हुने बताईएको छ भने अधिक स्थाईत्व र निरन्तरता दिने सिग्नल उपलब्ध हुन सक्नेछ ।

यसबाहेक टि मोबाइलले स्प्रीन्टसँगको मर्जरलाई अमेरिकी नियमनकारीले अनुमति दिएमा कम्पनीले लो ब्याण्डका साथै मिड ब्याण्डमा पनि ५जी सेवा दिने बताएको छ । एजेन्सी

Leave a Reply