एप्पलका महंगा आइफोनहरु भारतमा एसेम्बल हुँदै, सस्तो मूल्यसहित आगामी महिनादेखि बजारमा

Technology Khabar २७ असार २०७६, शुक्रबार

एप्पलका महंगा आइफोनहरु भारतमा एसेम्बल हुँदै, सस्तो मूल्यसहित आगामी महिनादेखि बजारमा
Classic Tech

काठमाडौं । एप्पल इंकको भारतमा फक्सकनले एसेम्बल्ड गर्ने टपइण्ड आइफोनहरु आगामी महिनादेखि भारतीय बजारमा उपलब्ध हुने भएका छन् ।

एप्पलले भारतीय बजारमा स्थानियस्तरमा बनाईएका आफ्ना उच्चस्तरका आइफोनहरु लन्च गरेसँग कम्पनीले आइफोनको मूल्य समेत घटाउने संभावना रहेको छ ।

हालै रोयटर्सको रिपोर्टअनुसार कम्पनीको केहि अनुमतिहरु अझै रोकिएका छन तर भारतमा बनेका आइफोन एक्सआर र एक्सएस डिभाइसहरु भने अगस्टदेखि बजारमा उपलब्ध हुनेछन् ।

एप्पलले भारतमा स्थानियस्तरमा आइफोन एसेम्बल गरेपछि कम्पनीलाई आयातीत डिभाइसहरुको तुलनामा उच्च करको मारबाट राहत हुनेछ ।

कम्पनीले भारतमा आफ्नै रिटेल स्टोरहरु पनि खोल्ने तयारी गरिरहेको बताईएको छ ।

एप्पलका डिभाइसहरु धेरै भारतीयहरुले मन पराउने गरेपनि यसको अधिक मूल्यका कारण भारतमा सिमित स्तरमा मात्र खरिद हुने गरेको छ । यसको भारतीय बजार निकै थोरै रहेको छ ।

कम्पनीले हाल भारतमा सस्तो मूल्यका आईफोनहरु, एसई, एस सिक्स, सेभेन मोडलहरु बेगंलुरुको विस्ट्रोन कर्पको स्थानीय यूनिटमा बनाईरहेको छ ।

कम्पनीले भारतीयहरुलाई केहि सस्तो मूल्यमा उच्चस्तरका आईफोनहरु मेड इन इण्डिया ट्याकलाइनका साथमा उपलब्ध गराएर आकर्षित गर्नसक्ने बताईएको छ।

प्रकाशित: २७ असार २०७६, शुक्रबार

Comments are closed.

Loading...