ह्वावेको २०१८ सस्टेनेबिलिटी रिपोर्ट सार्वजनिक, डिजिटल समावेशिताको लागि काम गर्ने प्रतिबद्धता

काठमाडौं । ह्वावेले आफ्नो सन् २०१८ को सस्टेनेबिलिटी रिपोर्ट सार्वजनिक गरेको छ ।

कम्पनीले आज चीनमा सार्वजनिक गरेको रिपोर्टमा ११ वर्षको आफ्नो कम्पनीको बारेमा उल्लेख गरेकोछ ।

२०१८ को रिपोर्टले ह्वावेको स्थाईत्वका लागि चार रणनीतिहरुको बारेमा बिस्तृतमा बताएको छ, जसमा डिजिटल समावेशसिता, सुरक्षा र विश्वसनियता, वातारण संरक्षण, र स्वस्थ्य र समानुपातिक इकोसिस्टमको बारेमा उल्लेख छ ।

गएका वर्षमा ह्वावे टेक्नोलोजीजले यूएनको दिगो विकास लक्ष्यहरु हासिल गर्नका लागि सहयोग गरिरहेको थियो जसले यो उद्योगका सहयात्रीहरुसँग मिलेर थप समावेशी इकोसिस्टम बनाउन सकियो र आफ्नै सस्टेनेबिलिटी स्ट्राटेजी लागू गर्न सकियोस् ।

सो रिपोर्ट सार्वजनिक गर्दै ह्वावेका चेयरम्यान लियाङ्ग हुवाले भने, ‘ह्वावेले आविश्वकारमार्फत आफ्ना ग्राहकहरुको लागि मूल्य सिर्जना गरिरहेको छ । हामी डिजिटल डिभाइसलाई कम गर्न हरेक प्रयासहरु गरिरेहका छौं र विश्व कनेक्टिभिटीको आवश्यकतालाई पुरा गर्ने प्रयासमा छौं ।’

उनले डिजिटल सेवाहरुलाई थप सुलभ र सबैको लागि समानरुपमा पहुँचयोग्य बनाउने चाहना रहेको बताउँदै सामाजिक तथा आर्थिक विकासमा आफ्नो तर्फबाट लागिरहने स्पष्ट पारे ।

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार लियाङ्गले कम्पनीको ५जी अनुसन्धान, प्रडक्ट डेभलपमेन्ट र इन्जिनियरिंगको बारेमा ह्वावेले गरेको आविश्कारहरुको बारेमा जानकारी दिएका थिए । ह्वावेले अहिलेको औद्योगिक औसतभन्दा ५जी साइटहरुमा उपयोग हुने उर्जाको खपतलाई २० प्रतिशत घटाउन सफल भएको जानकारी दिए । यो हुनुमा ह्वावेको नयाँ चीपसेटहरु, सिस्टम सफ्टवेयर, प्रोफेसनल सर्भिसेज, एडभान्स हार्डवेयर तथा हिट डिसिपेसन टेक्नोलोजीजको कारण भएको उनको भनाई थियो ।