गूगल इन्स्ट्यान्ट क्यामरा ट्रान्सलेसनमा नेपाली भाषा समावेश, जुनसुकै भाषाबाट ट्रान्सलेसन गर्न सकिने

काठमाडौं । गूगलको ट्रान्सलेसन सेवा हामिले वेबमा वा एन्ड्रोयड स्मार्टफोनमा प्रयोग गर्दै आएकै विषय हो । गूगलले एन्ड्रोयड मोबाइल फोनको फोटोमार्फत दिने इन्स्ट्यान्ट क्यामरा ट्रान्सलेसनमा नेपाली भाषाको सुविधा ल्याएको छ ।

अब भने एन्ड्रोयडका लागि गूगल ट्रान्सलेसनको नयाँ अपडेट आएको छ जसमा अहिलेको भन्दा धेरै भाषाहरुमा ट्रान्सलेसनको सुविधा दिएको छ । यो नयाँ अपडेटको मुख्य विशेषता भनेको इन्स्ट्यान्ट क्यामरा ट्रान्सलेसन फीचर गूगल ट्रान्सलेसनमा उपलब्ध हुनु हो ।

गूगलले हालै यसमा अपडेट दिँदै नेपाली भाषासहित, अरबिक, हिन्दी, मलाया, थाई, भियतनामिजलगायतका भाषाहरुमा ट्रान्सलेसन गर्न सकिने सुविधा दिएको छ । यसअघि २२ वटा भाषाहरुमा मात्र सपोर्टिग फीचर दिईएको थियो ।

त्यस्तै तपाईँले गूगलले उपलब्ध गराएको १०० वटा सर्पोटिभ भाषाहरुमध्ये कुनैपनि भाषाबाट अर्को चाहेको भाषामा त्यसलाई सिधै ट्रान्सलेट गर्न सक्नुहुनेछ ।

यसअघि तपाईँले अन्य भाषाहरुबाट केबल अंग्रेजी भाषामा मात्र त्यसलाई ट्रान्सलेसन गर्न सकिने सुविधा रहेको थियो ।

यसबाहेक भीजुअल इन्टरफेसलाई पनि अझ परिस्कृत गरिएको छ जसमा तीनवटा मोडहरु राखिएको छ । यसमा इन्स्ट्यान्ट, स्क्यान र इपोर्टको सुविधा छ । गूगलले आफ्नो लाइभ ट्रान्सलेसनको फीचरमा अझ सुधार गरेको दाबी गरेको छ र अब कमजोरी र गल्तीहरुलाई ५० प्रतिशत घटाईएको छ । गूगलले यसको लागि पहिलो पटक न्यूरल मशिन ट्रान्सलेशन(NMT) टेक्नोलोजीको प्रयोग गरेको उल्लेख गरेको छ ।

नयाँ टेक्नोलोजीले गर्दा अधिकांश भाषाहरु तपाईँले आफ्नै डिभाइसमा डाउनलोड गर्न सक्नुहुनेछ भने यो फीचर प्रयोग गर्न इन्टरनेट आवश्यक पर्नेछैन् । तर यदि तपाईँको डिभाइस इन्टरनेटमा जोडिएको छ भने त्यसले उच्च गुणस्तरको ट्रान्सलेशन गर्ने गूगलको भनाई छ ।

अहिलेका लागि यो अपडेट सिमितरुपमा सार्वजनिक भएको छ भने आगामी साताहरुमा अधिक डिभाइसहरुमा उपलब्ध हुने बताईएको छ ।

स्रोत माध्यम

 

Leave a Reply