हिमालय एअरलाइन्सले काठमाडौंबाट ढाका उडान सुरु गर्दै

काठमाडौं । हिमालय एअरलाइन्सले काठमाडौं/ढाका/काठमाडौंको सीधा उडान यही साउन ६ गते देखि सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

एअरलाइन्सले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ उक्त रुटमा सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।

व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बंगलादेश जाने दुवै प्रकृतिका यात्रुहरुका लागि नयाँ उडान तालिका सार्वजनिक गरिएको छ ।

नेपाली पयर्टनका लागि बांगलादेश ठूलो बजार हो, त्यसलाई लक्षित गर्दै बंगलादेशी पर्यटकलाई नेपाल सम्मको पहुँच विस्तार यो सञ्जालको मुख्य प्राथमिकता हुनेछ । एअरलाइन्सले मध्यपूर्वी एशिया गन्तव्य स्थलहरु दोहा, दुबई/आबु धावी, दमामको नियमित उडानसँगै, ढाकाको नयाँ उडानले बंगलादेशीसहित मध्यपूर्वी एशियाका यात्रुका लागि काठमाडौं एउटा ट्रान्जिट हबको विकल्प बन्ने अनुमान गरेको छ ।

‘अर्काे एशियाली मुलुक बंगलादेशको ढाकामा हाम्रो सञ्जाल विस्तार गर्न पाएकोमा हामी प्रसन्न छौं । यो पहलले छिमेकी मुलुकहरुमा नेपालको पर्यटन र व्यवसाय प्रवद्र्धनमा टेवा पु¥याउनेमा विश्वस्त छौं । विशेषत दुई देश बीचको सम्बन्धलाई अझै मजबूत बनाउँदै यस सञ्जालले नेपाल र बांगलादेश बीच व्यावसायिक अवसरहरु सिर्जना गर्नेछ र मुख्यतः मध्यपूर्वी मुलुक र बांगलादेश बीच पूल बन्दै सेवा प्रवाह गर्नेछ,’ उपाध्यक्ष विजय श्रेष्ठले भने ।

एअरलाइन्स्ले हप्ताको तीन दिन उपयुक्त समयमा ढाका उडान भर्नेछ, जसमा H9 ६७८ काठमाडौंबाट स्थानीय समय ११ः१० मा उडान भर्नेछ र स्थानीय समय १३ः१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ । त्यसैगरि, H9 ६७९ विमानले ढाकाबाट स्थानीय समय २ः१० मा उडान भर्नेछ र त्यही दिन काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ः२० मा उत्रनेछ । दुईतर्फी उडानमै प्रिमियम इकनोमी क्लासमा २५ किलो सम्मको ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा २० केजी सम्मको लागि छुट हुनेछ ।

एअरलाइन्स्ले एसएयर एयर बीडी लिमिटेडलाई आफ्नो साधारण विक्री एजेन्ट (जीएसए) को रुपमा नियुक्त गरेको जनाएको छ ।

Leave a Reply