Technology Khabar २७ असार २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । एन्ड्रोयड स्मार्टफोनमा अधिकांश समय मालवेयरको त्रास हुने गर्दछ । कयौं पटक भाइरस र मालवेयर आएको समाचारहरु आउने गरेका छन् ।
यस पटक पनि अनुसन्धानकर्ताहरुले नयाँ मालवेयर भेटेका छन् । यो मालवेयरले एन्ड्रोयड एप्सलाई आफ्नो कोडबाट रिप्लेस गर्दछ । तर यसले पुरै एपलाई भने हटाउन सक्दैन् ।
हालै सेक्यूरिटी फर्म चेक प्वाइन्टका अनुसन्धानकर्ताहरुले पत्ता लगाएअनुसार यो ‘एजेन्ट स्मिथ’ नामक मालबेयरबाट विश्वभरका २ करोड ५० लाख एन्ड्रोयड स्मार्टफोनहरु प्रभावित भएका छन् ।
यो एजेन्ट स्मिथ नामक मालवेयरबाट प्रभावित हुनेहरुमा सबैभन्दा धेरै भारतीयहरु रहेको रिपोर्टमा उल्लेख छ । रिपोर्टकाअनुसार भारतमा करिब १ करोड ५० लाख एन्ड्रोयड डिभाइसहरु यो मालवेयरबाट प्रभावित रहेका छन् ।
यसले एन्ड्रोयड अपरेटिग सिस्टमको कमजोरी पत्ता लगाएर त्यसबाट स्मार्टफोनमा भएका एप्सहरुलाई आफ्ना खतराजन्य भर्सनका एप्सबाट परिवर्तन गरिदिन्छ । र यसको सबैभन्दा जोखिम भनेको यसले यूजरको अनुमति बिना नै यस्तो काम गर्न सक्दछ ।
चेक प्वाइन्टका मोबाइल थ्रेड डिटेक्शन रिसर्च हेड जोनाथन सिमोनोभिचकाअनुसार यो भाइरसले विशेषगरि हिन्दी, अरबी, रुसी र इण्डोनेशियाई भाषा उपयोग गर्ने मोबाइल फोन प्रयोगकर्ताहरुलाई निशाना बनाएको छ । ‘यो मालवेयरले थाहा नहुने किसिमले यूजर्सद्धारा इन्स्टल गरेको एप्सलाई आक्रमण गर्दछ र यो साधारण एन्ड्रोयड यूजर्सका लागि पत्ता लगाउन च्यालेन्जयुक्त हुन्छ,’ उनले भने ।
यो एजेन्ट स्मिथ मालवेयरले डिभाइसमा ब्राण्ड एक्सेससहित यूजर्सलाई फ्रड विज्ञापन देखाउने गर्दछ, जसले आक्रमणकारीहरुलाई सजिलो होस् ।
रिपोर्टकाअनुसार यो मालवेयरद्धारा बैंकिंग क्रेडेन्शियल अर्थात संवेदनशिल जानकारीहरु चोरी गर्न सकिन्छ । एजेन्ट स्मिथ पहिलो पटक एउटा थर्ड पार्टी एप्स स्टोर नाइनएप्स(9Apps)बाट डाउनलोड गरिएको थियो ।
चेक प्वाइन्टका अनुसार यो मूख्य आक्रमण भारतीयहरु हुन भने त्यसपछि पाकिस्तान र बंगलादेशमा यसको प्रभाव रहेको छ । त्यसबाहेक यसले अमेरिका, अस्ट्रेलिया र ब्रिटेनका एन्ड्रोयड डिभाइस यूजरलाई टार्गेट गरेको छ, जसले यसअघिको गूलिगन, ह्यूमिंगबड, कपीक्याट जस्ता मालवेयर एप्सले जस्तै काम गर्दछ ।
सेक्यूरिटी फर्मले गूगलसँग मिलेर कम्पनीले यसमा काम गरिरहेको र अब प्ले स्टोरमा अब यो एप नरहेको जानकारी दिएको छ ।
प्रकाशित: २७ असार २०७६, शुक्रबार