सांकेतिक

चार्जमा राखेको मोबाइल समाउँदा झापामा एक बालकको करेन्ट लागेर मृत्यु

काठमाडौं । मोबाइल फोन पड्किएर मानिसको मृत्यु भएको त हामीले विभिन्न रिपोर्टमा सुन्दै आएका छौं । मोबाइल चार्ज गर्दा करेन्ट लागेर घाईते भएको पनि समाचारहरु आईनै रहेका छन् । तर अहिले भने मोबाइल चार्ज गर्दा एक बालकको मृत्यु भएको छ ।

मोबाइल चार्ज गर्दा नेपालमै एक बालकको मृत्यु भएको हो । मोबाइल चार्ज गर्ने क्रममा विद्युतीय करेन्ट लागेर झापाका एक जना विद्यार्थीको मृत्यु भएको रिपोर्टमा उल्लेख छ ।

सो रिपोर्टअनुसार चार्जमा रहेको मोबाइल हातले समाउन खोल्दा ६ वर्षिय रोशन महतोलाई करेन्ट लागेको थियो ।

मोरंग रतुवामाई नगरपालिका वडा नम्बर घर भएका ५ वर्षिय महतोको झापा गौरादहस्थित मामाघरमा हुँदा मृत्यु भएको इलाका प्रहरी कार्याालय दमकले जानकारी दिएको रिपोर्टमा बताईएको छ ।

रतुवामाई–१ का गोल्छा महतोका छोरा रोशन स्थानीय ज्ञानोदय माविमा कक्षा एलकेजीमा अध्ययनरत थिए । बालकको शवपरीक्षणका लागि दमक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाको प्रवक्त मेहन्द्रकुमार श्रेष्ठले बताए ।

माध्यम १ माध्यम २

Leave a Reply