नेपालमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच ६३. ३१ प्रतिशत, मोबाईल ब्रोडब्याण्ड एक्लै ४९.६५ प्रतिशत

Technology Khabar २५ असार २०७६, बुधबार

नेपालमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच ६३. ३१ प्रतिशत, मोबाईल ब्रोडब्याण्ड एक्लै ४९.६५ प्रतिशत

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको बैशाख सम्मको एमआईएस रिपोर्टअनुसार नेपालमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच ६३. ३१ प्रतिशत पुगेको छ ।

जसमध्ये मोबाईल ब्रोडब्याण्डको पहुँच मात्रै ४९.६५ प्रतिशत पुगेको छ ।अर्थात करिब आधा जनसंख्याले मोबाईल ब्रोडब्याण्ड प्रयोग गर्ने गर्दछ । बैशाख मसान्तसम्म नेपालमा ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ८६ लाख ८५ हजार ८ सय ७३ पुगेको छ ।

जसमध्ये नेपाल टेलिकमका मात्रै ८८ लाख ७८ हजार १ सय ९४ इन्टरनेट प्रयोगकर्ता रहेका छन भने अर्को ठुलो सेवाप्रदायक एनसेलका ६७ लाख ४१ हजार ७ सय ४९ प्रयोगकर्ता पुगेका छन् ।

नेपाल टेलिकम अन्य सेवामा अरु सेवा प्रदायक भन्दा अगाडी रहे फोरजी सेवा बिस्तारमा भने पछि परेको छ । एनसेलले फोरजी सेवा प्रयोगकर्ताको संख्या २६ लाख ७५ हजार १ सय १४ हुँदा नेपाल टेलिकमसँग भने जम्मा ७ लाख ६२ हजार ९ सय ४५ मात्र फोरजी सेवाग्राही छन् ।

नेपाल टेलिकमको फोरजी सेवा काठमाडौं र पोखरामा सिमित छ भने एनसेलले भने १ हजार स्थानमा आफ्नो फोरजी सेवा पुर्याएको छ । अर्को फोरजी सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमसँग भने १ लाख ७४ हजार ८ सय १६ फोरजी सेवाग्राही रहेका छन् ।

थ्रीजी सेवामा भने नेपाल टेलिकम एनसेल भन्दा अगाडि छ ।थ्रीजीसेवामा टेलिकमसँग ६८ लाख ३९ हजार ७९ सेवाग्राही छन भने एनसेलसँग ४० लाख ६६ हजार ६ सय ४५ ग्राहक मात्र छन् ।

easy care

प्रकाशित: २५ असार २०७६, बुधबार

ताजा समाचार