हुण्डाईको इलेक्ट्रिक एसयूभी ‘कोना’ भारतमा सार्वजनिक, मूल्य २५ लाख ३० हजार भारु

Technology Khabar २४ असार २०७६, मंगलवार

हुण्डाईको इलेक्ट्रिक एसयूभी ‘कोना’ भारतमा सार्वजनिक, मूल्य २५ लाख ३० हजार भारु

काठमाडौं ।

काठमाडौं । हुण्डाई इन्डियाले मंगलबार इलेक्ट्रिक एसयूभी (स्पोर्ट युटीलिटी भेइकल) ‘कोना’ भारतमा सार्वजनिक गरेको छ। नेपालमा सार्वजनिक भएको करिव ७ महिनापछि हुण्डाई इन्डियाले ‘कोना’ गाडी भारतमा सार्वजनिक गरेको हो।

सो इलेक्ट्रिक एसयुभी एक चार्जमा ४ सय ५२ किलोमिटरको दूरी तय गर्नसक्ने कम्पनीको दावी छ।

हुण्डाई कोना २ ओटा भर्सन ३९.२ किलोवाट आवर र ६४ किलोवाट आवरमा उपलब्ध छ। तर हाल भारतमा भने ३९.२ किलोवाट आवर भर्सनमा मात्र उपलब्ध भएको छ। ३९.२ किलोवाटको कोनाले १ सय ३१ बिपिएच पावर ३ सय ९५ एनएम टर्क जेनेरेट गर्छ।

हुण्डाईले कोनाका ग्राहकहरुलाई होम चार्जर पनि दिनेछ भने इलेक्ट्रिक एसयूभी चार्ज गर्न विभिन्न पेट्रोल पम्पहरुमा चार्जि‌ग स्टेशन बनाउने भएको छ ।

यसमा इलेक्ट्रिक सनरुप इलेक्ट्रिक पार्किंग ब्रेक फीचरहरु पनि रहेको छ ।

यसको शुरुवाती मूल्य २५ लाख ३० हजार भारुदेखि शुरु हुनेछ ।

easy care

प्रकाशित: २४ असार २०७६, मंगलवार