आजिएटा ग्रुप अन्तरगतको स्मार्ट आजियाटाद्धारा क्याम्बोडियामा ५जी नेटवर्क परीक्षण शुरु

Technology Khabar २४ असार २०७६, मंगलवार

आजिएटा ग्रुप अन्तरगतको स्मार्ट आजियाटाद्धारा क्याम्बोडियामा ५जी नेटवर्क परीक्षण शुरु

काठमाडौं ।

काठमाडौं । आजिएटा ग्रुपअन्तरगत क्याम्बोडियामा संचालनमा रहेको कम्पनी स्मार्ट आजिएटाले ५जी को परीक्षण शुरु गरेको छ ।

कम्पनीले चीनको ह्वावे टेक्नोलोजीजसँगको सहकार्यमा सोमबारदेखि क्याम्बोडियामा ५जी परीक्षण शुरु गरेको हो भने कम्पनीले यो वर्ष नै ५जी मोबाइल नेटवर्क संचालन गर्ने बताएको छ ।

मलेशियाको आजिएटा ग्रुप बर्हादअन्तरगतको कम्पनी स्मार्ट आजियाटाले दक्षिण एशियाली मुलुक क्याम्बोडियामा १ करोड ६० लाख जनसंख्यालाई सेवा दिँदै आएको छ । क्याम्बोडियाको सरकारले गत अप्रिलमा ह्वावेसँग ५जी टेलिकम सिस्टम विकास गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।

आगामी केहि वर्षसम्म ५जी सेवाको लागि स्मार्ट आजिएटाले लाखौं डलर लगानी गर्नेछ भने व्यवसायीकरुपमा लन्च गर्नको लागि सरकारी अनुमति लिनुपर्ने बताईएको छ ।

स्मार्ट आजिएटाका प्रमुख कार्यकारी अधिकृत थोमस हन्टले पहिलो चरणमा प्रमुख स्थानहरुमा मात्र ५जी शुरु हुने र त्यसपछि क्रमशः बिस्तार गरिने जानकारी दिए ।

नेपालमा पनि आजिएटा ग्रुपअन्तर्गत एनसेल प्रालिले मोबाइल सेवा संचालन गरिरहेको छ । एनसेल हाल देशभर फोरजी सेवा बिस्तारमा लागेको छ । एजेन्सी

easy care

प्रकाशित: २४ असार २०७६, मंगलवार