पुरै मोडिनसक्ने ‘रोलेबल’ स्मार्टफोन आउँदै, सोनी एक्सपेरिया रोलेबल स्मार्टफोनको परीक्षण हुँदै

काठमाडौं । सामसंग र ह्वावेले फोल्डेबल फोन ल्याएपनि अझ बजारमा व्यवसायीकरुपमा उपलब्ध गराउन सकेका छैनन् । उनीहरुले स्मार्टफोनमा नयाँ संभावना देखाईरहेको बेलामा अन्य कम्पनीहरुले पनि फोल्डेबल फोन ल्याउने तयारी गरिरहेका छन् ।

यहि बिचमा जापानी टेक कम्पनी सोनीले भने फरक किसिमको फोल्डेबल फोन बनाउने तयारी गरेको छ । सोनीले फोल्डेबल फोन भन्दा पनि रोलेबल फोन एक्सपेरिया फोन लन्च गर्न लागेको हो।

सोनीले रोलेबल डिस्प्ले भएको र १०एक्स जूम क्यामरा भएको स्मार्टफोन बनाउन लागेको हो । सो स्मार्टफोनमा एलजीको डिस्प्ले प्यानल प्रयोग गरिएको छ ।

यसअघि नै एलजीले ६५ इन्चको रोलेबल ओएलईडी टिभी सिईएस २०१८ मा लन्च गरेको थियो र सोहि किसिमको प्रविधि स्मार्टफोनमा प्रयोग हुनसक्नेछ । सो टिभी प्रोटोटाइप भएपनि कम्पनीले सिग्नेचर सिरिज आर मा यहि बर्ष बजारमा ल्याउँदैछ ।

रोलेबल सोनी एक्सपेरिया अहिले प्रोटोटाइप स्टेजमा मात्र रहेको छ भने अहिलेको फोनमा क्वालकमको एसएम ७२५० अर्थात स्न्यापड्रागन ७१० चीपसेट प्रयोग गरिएको छ । यसको प्रोडक्सन मोडल पछि स्न्यापड्रागन ८५५का साथमा ५जीका लागि एक्स५० मोडेम प्रयोग हुनेछ ।

फोनमा १० एक्स जूम क्यामरा हुने बताईएको छ । तर यसमा ५एक्स अप्टिकल र १० एक्स हाईब्रिड क्यामरा हुने वा सहिमा अप्टिकल १०एक्स जूम क्यामरा हुने स्पष्ट छैन् ।

सोनीको रोलेबल स्मार्टफोनमा ३,२२० एमएएच ब्याट्री प्याक हुनेछ, जून रोलेबल फोनमा ब्याट्री राख्नु चुनौतीको विषय हुने गरेको छ । फोल्डेबल फोनमा नै पनि २ वटा रेगुलर ब्याट्रीहरु प्रयोग हुन्छ ।

रोलेबल स्मार्टफोन सिलिण्डर जस्तो किसिमले मोडन सकिन्छ वा सकिंदैन भन्ने स्पष्ट छैन् ।

रोलेबल सोनी एक्सपेरिया स्मार्टफोन यहि वर्षको डिसेम्बरमा वा सन् २०२० को शुरुवातमा लन्च हुनसक्ने बताईएको छ ।

माध्यम

Leave a Reply